२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

हिमपातसंगै डोल्पामा सञ्चार बिछेद हुने खतरा

२९ माघ २०७४, सोमबार १३:४४

टेकबहादुर शाही | माघ २९, डोल्पा | सोमबार बिहान देखि भएको हिमपातले डोल्पाको जनविन प्रभाबित भएको छ । हिमपात भएर नेपाल टेलिकमको रेडियो लिङ्गको सोलारमा उिह जमे पछि डोल्पा जिल्ला सञ्चार बिच्छेद खुने खतरा बढेको छ । डोल्पा जिल्लाको ९० प्रतिशत भुभाग हिमपातले सेताम्य भएका छन । ठुलो पानि संगै हिमपात हुन लागे पछि जिल्लाको अधिकांश क्षेत्रको जनजविन पूर्ण रुपमा प्रभाबित रहेको छ । 

एक साता देखि लागेको बादलले रसिको डांड जुम्ला डोल्पाको सिमानामा पर्ने मौरे लेखमा करिव ४२ सय मिटरको उचाइमा रहेको रेडियो लिङ्ग सञ्चालनको लागि राखेको सोलारमा घाम नलागे पछि जिल्लाको अधिकांश क्षेत्र सञ्चार बिहिन हुने चिन्ता बढेको छ । दुर सञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ । हप्ता दिन देखिको बादल र हावाहुरिले डोल्पाको न्यूनतमा तापक्रम माइनसमा झरेको छ । 


मोवाइल सेवालगायत ईन्टरनेट र पियसटिएन फोनहरु सबै रेडियो लिङ्गमा जडित भएको कारण पनि पावरमा समस्या आए पछि सबै सेवाहरु बन्द हुने दुरसञ्चार कार्यालय डोल्पाले जानकारि दिएको छ । हिमपात पछि यदि सञ्चार बिहिन भयो भने हिमपातका कारण हुन सक्ने घटनाहरु सहजै समाधान गर्न नसकिने देखिन्छ । 

खेतिको लागि राम्रो हुने भन्दै कृषकहरु भने उत्तसाहित भएका छन । यति बेला परेको हिउ र पानिले कृषकका लागि मलको रुपमा काम गर्ने भन्दै निकै राम्रो लक्षण भएको ठुलीभेरि नगरपालिकाका कृषक कमल बहादुर क्षेत्रिले बताए । उनले भने हिमपातले कृषकलाइ राहत दिन्छ किनकी डोल्पाको जमिन सुख्खा छ यसले ओसिलो बनाउछ । 


तल्लो डोल्पाका कृषक हिमपात र बर्षासंगै खुसि मनाउदै गर्दा माथिल्लो डोल्पामा स्थानीय दुखित छन । बिहानै देखि परेको हिमपात झण्डै एक फिट सम्म पुगेको स्थानीयहरु बताउछन । चिसो बढ्दो भएको र हिमपात पछि हिउ पैरोको डर हुने भएकोले चिन्तीत दुल्याएको साल्दाका चौरि गोठाला क्याल्जेन गुरुङले बताए । उनले भने हाम्रा लागि हिमपात प्राकृतिक बिपत्ती भैदिन्छ हिउपहिरोले लाखौको क्षेति हुने गर्दछ ।

रातभर पनि हिमपात भइ रहे सदरमुकाम दुनैमा पनि आधा फिट भन्दा धेरै हिउ जम्ने अनुमान गरिएको छ । हाल दुनै र त्रिपूराकोट बाहेक जिल्लाको सबै क्षेत्रमा भारि हिमपात भै रहेको स्थानीयहरुले जानकारि दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य