२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागको महानिर्देशकमा भूवनप्रसाद आचार्य नियुक्त

२९ माघ २०७४, सोमबार १४:२५

माघ,२९, काठमाडौं।  श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागको महानिर्देशकमा भूवनप्रसाद आचार्यलाई नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले  मन्त्रालयका सहसचिव एवं प्रवक्ता रहेका भूवनप्रसाद आचार्यलाई विभागको महानिर्देशक नियुक्त गरेका हुन् । नयाँ महानिर्देशकमा नियुक्त भएका भूवनप्रसाद आचार्यले आज नै  वैदेशिक रोजगार विभागमा पदबहाली गरेका छन्  ।

पदबहाली संगै साझासबालसंग कुरा गर्दै महानिर्देशक आचार्यले बैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने बताए।

वैदेशिक रोजगार विभागसंग नेपाली  कामदारका अपेक्षा धेरै रहेको छ उनले भने "कामदारहरु म्यानपावर व्यवसायी र एजेन्टहरुबाट ठगिने क्रम रोकिएको छैन अब विभागको हालसम्मको काम हेरेर म्यानपावरको अनुगमनलाई  तीव्रता दिन्छु। ''

यसअघि विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि दुई  महिना अघि मन्त्रालय अन्तरगतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मेवारी दिइएको थियो  । 

वैदेशिक रोजगार विभागमा काम गर्न असहज रहेछ : राजकुमार श्रेष्ठ

वैदेशिक रोजगार  विभागमा दैनिक रुपमा कामदारका समस्या आउने र सो गुनासो सम्बोधन गर्ने सम्बन्धमा सहजता नभएको विभागका पुर्व महानिर्देशक राजकुमार श्रेष्ठले साझासबाललाई  बताए ।

कामदारबाट विभागले न्याय नदिएको गुनासो आउने र विभागले जुनसुकै केशमा क्षतिपुर्ति भराएर म्यानपावर व्यवसायीलाई कडाई गरेको आरोप लाग्ने गरेकोले काम गर्न निकै असहज अवस्था रहेको उनले बताए । साथै उनले आफूलाई दुईवटा निकायको जिम्मेवारी दिंदा कामको जिम्मेवारी पुरा गर्न असहज भएकोले श्रम तथा रोजगार मन्त्रालयमा यसबारे विचार गर्न भनेको र सोहि अनुरुप विभागको जिम्मेवारीबाट मुक्त भएको बताए ।

दुई  महिना विभागको महानिर्देशक रहेका उनले तत्कालीन महानिर्देशक पाण्डेले धरौटी बुझाउन आदेश दिएको वाहेक नयाँ म्यानपावर दर्ताका लागि आवेदन दिने म्यानपावर कम्पनीलाई दर्ता दिने र धरौटी माग्ने निर्णय नगरेको सझासबालालाई बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट