२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेख साँस्कृतिक महोत्सवको उद्घाटन

२९ माघ २०७४, सोमबार १६:५०

माघ २९, दैलेख | पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र असहाय अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले दैलेख साँस्कृतिक महोत्सब सोमवारबाट सुरु भएको छ । ८ दिन सम्म संचालन हुने महोत्सवको उद्घाटन गर्दै दैलेख निर्वाचन क्षेत्र नं. १ का प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले साँस्कृति रुपमा दैलेख जिल्ला प्रदेश नं. ६ कै धनि भएको उद्घोष गरेका छन् ।

रिपोटर्स क्लव दैलेख शाखाद्धारा आयोजित दैलेख साँकृतिक महोत्सवको उद्घाटन गर्दै शर्माले यस्तो उद्घोष गरेका हुन् । जिल्लाको साँस्कृतिक सम्पदाहरुको प्रचार प्रसार गर्नका लागि यस्ता साँस्कृतिक महोत्सबहरु आयोजना गर्नुपर्ने बताउदै शर्माले साँस्कृतिक महोत्सबले दैलेखको गरिमा बचाई राख्ने बताए ।महोत्सवले जिल्लाका पुराना सँस्कृतिहरु जोगाउन महत्वपूर्ण योगदान पुर्याउने बताउदै स्थानीय कला सँस्कृति बचाउन स्थानीय तहहरुले अभियान संचालन गर्न जरुरी रहेको बताए ।


महोत्सवको उद्घाटनमा दैलेख जिल्लामा ११ स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, जिल्ला समन्वय समिति दैलेखका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगाएत सहभागि थिए ।पर्यटन, स्थानीय कला सँस्कृती, रहन सहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवद्र्धन र अनार्थ बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्यले आयोजना गरिएको महोत्सव ८ दिन सम्म संचालन हुनेछ ।

महोत्सबमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती आयोजकले जनाएको छ । आयोजकका अनुसार चर्चित गायीका अञ्जु पन्त, बद्री पंगेनी, केदार घिमिरे (माग्ने बुढा), दुर्गेस थापा, चर्चित गायक एस कुमार, गायिका स्मृती शाही, नायक दिलिप रायमाझी, ज्योती मगर लगाएतका राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहने  महोत्सवमा १ सय स्टल राखिएको छ ।

जिल्लाका ११ वटा स्थानीय तहका कला संस्कृती झल्कने झाँकी तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने महोत्सबका संयोजक गोविन्द केसीले जानकारी दिएका छन् । दैलेख साँस्कृति महोत्सबको उद्घाटन कार्यक्रम संयोजक गोविन्द केसीको अध्यक्षतामा भएको थियो । महोत्सवका स्थानीय उत्पादन र स्थानीय उद्यमी व्यापारीहरुलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य