२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

सडक खन्न अवरोध गर्नेलाई सार्वजनिक अपराध मुद्दा

१ फाल्गुन २०७४, मंगलवार ०७:५४

फागुन १, धादिङ | धादिङबेंसी–तिप्लिङ सडकअन्तर्गत खनियाबास–२ मा सडक खन्न अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेको छ । 

सोमबार सडक खन्ने क्रममा सो क्षेत्रमा गाउँबासी र सुरक्षाकर्मीबीच सामान्य झडप भएपछि सडक खन्न अवरोध गर्दा विकासको काममा अवरोध गर्न नदिइने जनाउँदै प्रहरीले पाँच जनालाई झर्लाङबाट पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताउनुभयो । 

धादिङबेंसी–तिप्लिङ ५७ किमी सडकमध्ये डुण्डुरेदेखि तिप्लिङसम्म रु २२ करोडको लागतमा २९ किमी सडक खन्न आरके कन्सट्रक्सन नामक ठेकेदारमार्फत काम हुँदै आएको छ । एक महिनाअघिदेखि गाउँबासीले जिल्लाको सामरिक महत्वको सडक बनाउँदा गाउँबाट लानुपर्ने माग गर्दै आएका छन् । 

सडक डिभिजन कार्यालयले दुई वर्षअघि गरेको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर)अनुसार नेत्रावती नदी छेउबाट सडक खन्नुपर्नेछ । जिल्ला सुरक्षा समितिको बैठकले विकासका काममा अवरोध गर्न नइिदने र सुरक्षा प्रबन्ध गरी डिपिआर भएकै स्थानबाट सडक खन्न सुरक्षा प्रदान गरिने निर्णय भएपछि सडक निर्माणस्थलमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी सडक खन्ने काम भइरहेको छ । 

गाउँबाट लाने भन्ने गाउँबासीको माग र डिपिआर गरिएको स्थानबाटै सडक खन्नुपर्ने भन्ने सडक डिभिजन कर्यालयको निर्णय भएकाले सडक खन्नका लागि विवाद आएको बताउँदै झर्लाङ निवासी मंग तामाङले गाउँबासीको भनाइअनुसार गाउँबाटै सडक खन्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य