२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

अज्ञात रोगले तीन हप्तादेखि छात्रा बिरामी हुँदा पढाइ बन्द

१ फाल्गुन २०७४, मंगलवार १०:०९

फागुन १, जाजरकोट | अज्ञात रोगका कारण जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माविमा पढाइ बन्द भएको छ । छात्राहरू एकपछि अर्को बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो । 

पढाउन लाग्दा हात काम्ने, कराउने समस्याले छात्राहरु कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभयो । 

दैनिक ६ देखि ११ जनासम्म छात्रा बिरामी भएपछि पढाइ सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । कक्षा ५ देखिमाथि १० कक्षासम्मका छात्रामा यो समस्या देखिएको हो । 

विद्यालयमा बिहान केही नहुने तर दिउँसोे १ बजेपछि छात्रा कराउँदै बिरामी हुने गरेको सिंहको भनाइ छ । विद्यालयमा तीन हप्तादेखि यस्तो समस्या आउँदा धामी ल्याएर विद्यालयमा पूजादेखि डाक्टर ल्याएर उपचार गर्दासम्म समस्या समाधान नभएपछि अभिभावकमा पनि तनाव भएको विद्यालय व्यवस्थापन समितिका सदस्य नारायणबहादुर खत्रीले जानकारी दिनुभयो । 

छात्राहरु बिरामी भएपछि शिक्षिकामा समेत मानसिक समस्या बल्झिएकाले पठनपाठमा समस्या भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य