2026-07-05 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

माओवादी जनयुद्ध दिवस: कतै चियापान, कतै सडक खन

दलसिंह गिरी | फागुन १, कालिकोट । करिव २३ बर्ष पहिले अर्थात २०५२ साल फागुन १ गते नेपालका सासकहरु विरुद्ध प्रतिकारात्मक युद्ध सुरु गरेको तत्कालिनको (माओवादी) माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले २३ बर्ष पुगेको अवसर पारी कतै चियापान त कतै सडक निर्माणका लागि सिलान्यास कार्यक्रम गरेका छन् । 

१० बर्षे जनयुद्धको उपज जनताद्धारा जनतामा निहित संविधान निर्माण भई अब आर्थिक क्रान्तिको बाटो अगालियो भन्दै सरकार पहुँचमा लम्किएको माओवादी केन्द्रले एक चियापान कार्यक्रमको आयोजनागरी गरी दिवस मनाएको छ भने, अर्को १० बर्षे जनयुद्धबाट सर्बहारा बर्गको निम्ती पूर्ण अधिकार प्राप्ती नभैसकेको र अझै पनि नयाँ खोल ओढेका पुराना सासकहरुको अवसेस बाकी नै रहेको भन्दै विद्रोहको बाटो अगालिरहेको नेपाल कम्यूनिष्ट पाटीले जनयुद्ध दिवसको अवसर पारी सडक सिलान्यास गरेको छ ।


प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र कालिकोटले जिल्ला सदरमुकाम मान्ममा एक चियापान कार्यक्रम गरी देशकाल परिस्थीतिबारे समिक्षात्मक छलफल सहित दिवस मनाएको छ भने यता नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा कालिकोटले नरहरी नाथ गाउपालिका वडा नं. ८ अन्तर्गत पर्ने खुलालुमा सडक सिलान्यास गरी दिवस मनाएको छ ।

माओवादी केन्द्रका नेता सर्पराज सिंहको अध्यक्षता तथा पोलिटब्युरो सदस्य धनजित शाहीको प्रमूख आतिथ्यता, कालिकोट जिल्ला समन्वय समितिका संयोजक अनीपाल शाहीको बिशेष आतिथ्यतामा केन्द्रले सदरमुकाममा चियापान गरी दिवस मनाएको छ भने यता नेकपा कालिकोटले जिल्ला इन्चार्ज समरको अध्यक्षता, नेकपाका कर्णाली ब्यूरो इन्चार्ज एटम विसीको प्रमुख आथित्यता तथा कर्णाली ब्यूरो आर्थिक विभाग प्रमुख कर्णभण्डारी (विराट)को विशेष आथित्यतामा सडकको सिलान्या गरी दिवस मनाएको हो ।


विगत ४० बर्ष पहिले तत्कालिन सरकारले सर्बे गरेको लालु लैफु सडक खण्डको तत्काल १८ किलोमिटर सडक निर्माणका लागि कर्णाली इन्चार्ज एटमले सिलान्यास गरेका छन् । राज्यले लालु लैफु सडक खण्ड भित्रका जनताहरुलाई सडक संजालमा जोडिन सौतेनी ब्यवहार देखाएको भन्दै सडक पहँुच जोड्न नेकपाले नेतृत्व गर्ने विसीले बताएका छन् ।   

कर्णाली समृद्धिको आधार सडक संजाल नै रहेकाले अब यसको नेतृत्व नेकपाले लिने बताउदै विसीले राज्य द्धारा पछाडी पारिएका विकासी आयोजनाहरु आफ्नो पार्टीले नेतृत्व गर्ने बताएका छन् । विगतको प्रशंग कोट्याउदै विसीले लालु लैफुु सडक खण्ड निर्माणका लागि विगतमा आएको बजेट दुरुपयोग भएको बताउदै आफुहरुले त्यसको पनि अनुसन्धान गरी दोसी उपर जनकारबाही गर्ने चेतावनी समेत दिएका छन् । जनस्वयम सेवक, स्थानिय नागरिक, अन्य जनबर्गिय संगठनको प्रत्यक्ष सहभागीतामा निर्माण गरिने नेकपाले जनाएको छ ।

यता नेकपाको नेतृत्वमा जनश्रमदान गरी सडक निर्माण गर्ने भन्ने स्वीईको पाएका नरहरीनाथ गाउपालिकाका अध्यक्ष धिरबहादुर विष्टले यो आर्थिक बर्षबाट लालु लैफु सडक निर्माणका लागि बजेट विनियोजन गरेको बताएका छन् । लालु लैफू सडक निर्माण जिम्मा नेकपाले लिने हो भने उक्त शिर्षकमा छुट्याईएको बजेट अन्य आयोजनामा लगानी गरिने गाउपालिकाका प्रमुख धिरबहादुर विष्टले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै