2026-09-19 09:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाखमा

चिसाङ शेर्पा/फागुन २, खोटाङ । जिल्लामा दोश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । 

नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा आगामी बैशाख २०, २१, २२ गते दिक्तेलमा ६८ पदकको लागि खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको हो ।

नेपाल सितोरियो कराते संघ खोटाङले मंगलबार अन्र्तक्रिया कार्यक्रम गर्दै करीब ५० लाख लागतमा कराते प्रतियोगिता गर्ने जानकारी दिएको हो । दुई नगरपालिका आठ गाउँपालिका र शुभचिन्तकको आर्थिक सहयोगमा हुने प्रतियोगितामा आयोजकसहित १५ टिमले सहभागिता जनाउने छ ।

प्रतियोगितामा नेपालको ७ प्रदेशको सात टिमसहित भारत, श्रीलंका, भुटान, बंगलादेश बिभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले सहभागिता जनाउने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताउनुभयो ।

१७ स्वर्ण, १७ कास्य ३४ पदकका लागि हुने प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला÷पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष र महिलाले जनही २०÷२० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

संघले मंगलबार सरोकारवालासँग अन्र्तक्रिया गरी मुल आयोजक समारोह समिति संयोजकमा जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङ र अन्य सबैलाई सदस्य बनाएर सबैले आ,आफ्नो स्थानबाट प्रतियोगिताका गराउन आर्थिक सहयोगका लागि पहल गर्ने बताएका छन् । 

रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, जिल्लाका राजनीतिक दलले कार्यक्रमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

खेलकुदमा जिल्लालाई चिनाउने एकमात्र कराते रहेको बताउँदै मुल आयोजक समारोह समितिले जिल्लाका सरकारी तथा गैर सरकारी संघसंस्थालाई उपसमितीको जिम्मेवारी दिंदै सहभागीहरुले कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक, नैतिकरुपमा सबैलाई सहयोग गर्न समेत अनुरोध गरेको छ । 

पहिलो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, प्रथम केपिलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता गराउँदै जिल्लालाई चिनारी दिने एकमात्र कराते प्रतियोगिता स्वागतयोग्य भएको अन्र्तक्रियामा सहभागीहरुले बताएका थिए । 

खोटाङ करातेकै लगाव र झुकावले हाल जिल्लाका नबीन राई र सन्तोष राई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई