७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिलवालविरुद्ध महान्यायाधिवक्ता आफैंले मुद्दा दर्ता गर्दै

२ फाल्गुन २०७४, बुधबार ०५:४१

फागुन २ , काठमाडौं । पूर्व डीआईजी तथा एमाले सांसद नवराज सिलवाल विरुद्ध सरकारी किर्तेमा मुद्दा दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले नमानेपछि महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले दर्ता गर्ने भएका छन् ।

सिलवालविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता गर्ने तयारी रहेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दबाव दिएका थिए ।

दाहालले सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्ने आधार नरहेको भन्दै अस्वीकार गरेका थिए । एक-दुई दिनभित्रै नयाँ सरकार आउने भएकाले सिलवाल विरुद्ध तत्काल मुद्दा दर्ता गर्ने हतारोमा महान्यायाधिवक्ता भण्डारी छन् । तर महान्यायाधिवक्ता कार्यालयका कर्मचारीले समेत मुद्दा दर्ता गर्न नमानेपछि कर्मचारीलाई प्रत्यायोजित अधिकार आफूले फिर्ता लिएरमात्र भण्डारीले मुद्दा दर्ता गर्न मिल्छ ।

यसअघि तत्कालिन महान्यायाधिवक्ता मुक्ति प्रधानले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणको मुद्दामा कर्मचारीलाई दिएको अधिकार आफूले लिएको नजिर छ । सो प्रकरण सर्वोच्च अदालतमा समेत पुगेको थियो ।

आइजीपी नियुक्ति प्रकरणमा पेश भएका अलग-अलग कार्य सम्पादन मूल्यांकनमध्ये कुन चाहिँ किर्ते हो र यसमा को कसको संलग्नता छ अनुसन्धान गरी कारवाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

सोहीअनुसार प्रहरी परिसर काठमाडौंले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएकै बेला परिसर प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ । धानुकको सरुवालगत्तै अनुसन्धानका फाइल प्रहरी प्रधान कार्यालय तानेर सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्न लागिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा