Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा पेशाबाट सिंगो समुदाय नै विस्थापित

२०७४, २ फाल्गुन बुधबार ०६:५७

फागुन २, पाल्पा | रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । 

घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री नभएपछि गाउँगाउँमा लैजानुपर्ने बाध्यता नहटेपछि अहिले बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित हुन पुगेका हुन् । बजारको उचित व्यवस्था नहुँदा नयाँ पुस्ता यस पेशामा आकर्षित हुन नसक्दा पेशाबाट सिंगो समुदाय नै विस्थापित भएको स्थानीय बासिन्दा पदम विश्वकर्मा बताउनुहुन्छ । 

“बाँसका सामान बोकेर गाउँ चाहार्न निकै सास्ती हुन्छ, बाँसका सामान बेच्नका लागि बजार छैन”, ५९ वर्षीय रनवीर विश्वकर्माले दुखेसो पोख्नुभयो । बाँसका सुपो (नाङ्लो), डाला, मान्द्रालगायत वस्तु बुन्दै आएपनि बजारको समस्या रहेको उहाँको भनाइ छ । 

“बालबालिका यही पेशामा काम गरी हुर्काइयो, अहिले मासिक रु १५ हजार आम्दानी गर्नसमेत गाउँ चाहार्नु पर्छ, कहिले आम्दानी हुन्छ, कहिले हुँदैन”, विश्वकर्माले भन्नुभयो । पहिले १३ घरले बाँसका सामान बनाउने काम गरेपनि अहिले आफूले मात्र यो पेशालाई निरन्तरता दिएको जानकारी दिनुभयो । 

बाँसका सामग्री बनाउन बढी समय लाग्ने र काम बढी जोखिमको भएकाले युवा पुस्ताको आकर्षक पेशाका रुपमा स्थापित हुन सकेको छैन । बजारमा मेसिनद्वारा बनेका सामानका कारण सस्तो मूल्यमा प्लास्टिकका सामान पाइन्छन् । 

उनीहरु बाँसका सामग्रीले बजार पाउन समस्या झेल्न बाध्य हुँदै आएका छन् । “चुनाव आएपछि नेताहरु घरमा नमस्कार गर्दै साइनो लगाउँछन्, दलित बस्तीमा आउने गरेपनि चुनाव सकिएपछि मुखमा समेत हेर्दैनन्”, स्थानीय बासिन्दा रनवीर विश्वकर्माले बताउनुभयो । काम नगरी खान नै पाइँदैन, बाँसका चोया बनाउँदै उहाँले भन्नुभयो, “भोट दिए पनि हाम्रा बस्तीमा विकास भएन ।” 

कुसुमखोलाको माराबाँसका विश्वकर्मा समुदायले निर्वाचनपछि नेताहरु आफ्ना समस्या बुझ्न नआएकामा उनीहरु दुःखी भएको बताएका छन् । दलित बस्तीमा अझै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडकलगायतका क्षेत्रमा पहुँच पुग्न सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश