प्रभात सुवेदी । फागुन २, बर्दिया ।

तल्लो स्तरका समुदायभन्दा पनि शिक्षित र आफूलाई माथिल्लो वर्गका संझिनेहरुले नै हात्तिपाइले रोगको औषधि नखाएको वा खान हिच्किचाएको आज गुलरियामा आयोजित एक पत्रकार सम्मेलन तथा अन्तर्किया कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन २, बर्दिया ।

तल्लो स्तरका समुदायभन्दा पनि शिक्षित र आफूलाई माथिल्लो वर्गका संझिनेहरुले नै हात्तिपाइले रोगको औषधि नखाएको वा खान हिच्किचाएको आज गुलरियामा आयोजित एक पत्रकार सम्मेलन तथा अन्तर्किया कार्य"/>

2026-09-14 06:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

शङ्का नगरी खानुस् है ! नत्र यस्तै होला नि फेरि !

प्रभात सुवेदी । फागुन २, बर्दिया ।

तल्लो स्तरका समुदायभन्दा पनि शिक्षित र आफूलाई माथिल्लो वर्गका संझिनेहरुले नै हात्तिपाइले रोगको औषधि नखाएको वा खान हिच्किचाएको आज गुलरियामा आयोजित एक पत्रकार सम्मेलन तथा अन्तर्किया कार्यक्रममा औंल्याइएको छ । 


जिल्लामा फागुन बाह्र गतेदेखि चौध गतेसम्म सञ्चालिन गरिने हात्तीपाइले (फाईलेरिया) रोग निवारण अभियानको पूर्व सन्ध्यामा आयोजित यो कार्यक्रममा आयोजित अन्तक्रियामा उक्त कुरा बताइएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा गरिएको “राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान २०७४” अन्तर्गत आयोजित पत्रकार सम्मेलमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले पढेलेखेका व्यक्ति तथा स्वाथ्यसेवामा रहेका व्यक्तिहरुले समेत हात्तिपाइले रोगको औषधि सेवन नगरेको बताउनुभयो । 

यसैगरी हात्तिपाइले औषधि खुवाउनका लागि अभियानमा खटिएर जाने स्वयंसेवकहरुले समेत आफुले औषधि सेवन नगरेको समेत बताउनुभयो । तसर्थ औषधि बाँडेर मात्रै नहुने र अबको अभियानमा भने प्रतक्ष्य निगरानीमा खुवाइने बताउनुहुँदै छुटेकाहरुको लागि भोलिपल्ट नै प्रत्येक घरघरमा गएर औषधि खुवाइने प्रमुख अधिकारीले बताउनुभयो । बर्दियाको कूल जनसंख्या ४ लाख ६५ हजार ७ सय ४६ मध्ये ४ लाख ३३ हजार २ सय ८० लाई हात्तीपाइले (फाइलेरिया) बिरुद्धको औषधि खुवाइने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताउनुभयो ।


रोग फैलिनबाट रोक्न र बिरामीको संख्यामा कमी ल्याउन तथा यो रोगका विरामीहरुलाई दीर्घरोग, असक्त एवं कुरुपताबाट बचाउने उद्देश्यले अभियान संचालन गरिन लागिएको बताउनुहुँदै  जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीले बर्दिया जिल्लामा हात्तिपाइले रोग र यसको निवारणका लागि भएगरेका गतिविधिहरु तथा त्यसका उपलब्धीहरुका बारेमा जिल्ला स्थित विभिन्न सञ्चारमाध्यमसँग आवद्ध सञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको थियो । 

वहाँले गत बर्ष बर्दिया जिल्लामा कूल जनसंख्याको ८२.८८ प्रतिशत र अघिल्लो बर्षमा ७९.५१ प्रतिशत जनसंख्याले हात्तीपाइलेको औषधि खाएका थिए । बर्दियामा गत वर्ष कार्तिक १८ गते गरिएको सर्भेक्षणमा धधबार ४ बैदाबैदीमा ३१० जनामध्ये ३७ जनामा र बबई २ डुम्रेनीमा ३०१ मध्ये १५ जनामा हात्तीपाइले पोजेटिभ देखा परेको बताउनुभयो ।

अभियानका लागि २५० स्वास्थ्यकर्मी, ८ सय ४१ महिला स्वास्थ्य स्वयंसेविका र १०५९ जना स्वयंसेवक गरी २ हजार एक सय ५० जना परिचालित गरिने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

जाडो लागि ज्वरो आउने, लिम्फ नलीहरु सुन्निने, हातगोडामा निलाकाला धर्साहरु देखिने, गिर्खाहरु बढ्दै जाने, पुरुषको अण्डकोष ठूलो हुदै जाने, महिलामा यौनाङ्ग तथा स्तन सुन्निने, खुट्टा सुन्निएर हात्तीको जस्तै हुने लगायतका यस रोगका लक्षण रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

दुई बर्ष मुनिका बालकालिका, गर्भवती तथा सात दिन नपुगेका सुत्केरी, सिकिस्त बिरामीहरु जस्ते मुटू, क्यान्सर, मृगौला, फोक्सो, २४ घण्टामा ज्वरो आएका बिरामी तथा छारे रोगका बिरामीले यो औषधि खान नहुने बताइएको छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका सभापति राजेन्द्रप्रसाद धितालको सभाध्यक्षतामा सम्पन्न गरिएको हो । कार्यक्रममा उपस्थित विभिन्न सञ्चारमाध्यममा अावद्द सञ्चारकर्मीहरुले अभियान सफल बनाउका लागि अा-अाफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ