Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन तहको निर्वाचन हुनु आफ्नो कार्यकालको मुख्य उपलब्धि: प्रधानमन्त्री

२०७४, ३ फाल्गुन बिहीबार ०६:११

फागुन ३, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीन वटै तहका निर्वाचन सफलताका साथ सम्पन्न हुनुलाई आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको बताउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सफलताका साथ सम्पन्न गरी प्रदेशसभा र प्रदेश सरकारको गठनसमेत यही अवधिमा भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका द्रुतमार्ग, बूढीगण्डकी आयोजना, मेलम्ची खानेपानी आयोजना, अन्तर्देशीय प्रसारण लाइन विस्तारमा समेत निकै प्रगति हासिल भएको उल्लेख गर्नुभयो । 

जनताको हितलाई ध्यानमा राखेर छिमेकीसँग समानतामा आधारित परराष्ट्र नीति अवलम्बन गरिएको बताउँदै प्रधानमन्त्री देउवाले स्वदेशी लगानीमा समेत उत्साहजनक रुपमा उल्लेखनीय प्रगति भइरहेको धारणा व्यक्त गर्नुभयो । 

सम्बोधनका क्रममा उहाँले वर्तमान सरकारमा सहभागी भएका र समर्थन गरेका सबै दललाई धन्यवाद दिँदै आजै पदबाट राजीनामा दिने घोषणा गर्नुभयो ।रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ