2026-09-14 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

प्रथम शहीद थापाको जीवनी पठनपाठन हुनुपर्ने

फागुन ३, पाल्पा | नेपालका प्रथम शहीद लखन थापाको जीवनीसहित विद्यालय तहमा पाठ्यक्रम तयारी गरी पठनपाठन सञ्चालन गर्नुपर्नेमा यहाँको एक कार्यक्रमका सहभागीले जोड दिनुभएको छ । 

प्रथम शहीद लखन थापाको १४२ औँ स्मृति दिवसका अवसरमा नेपाल मगर संघ, पाल्पाद्वारा मंगलबार तानसेनमा आयोजित शालिकमा माल्यार्पण कार्यक्रममा प्रथम शहीद थापाको योगदान ठूलो रहेको सहभागीले बताउनुभयो । 

नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर विरकट्टा मगरले काठमाडौँको शहीदगेटमा प्रथम शहीद लखन थापा मगरको सरकारले पूर्ण कदको शालिक निर्माण गर्नुपर्ने र फागुन २ गतेलाई सार्वजनिक बिदा दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालयका पाठ्यक्रममा प्रथम शहीद लखन थापाको जीवनी समावेश गरी पठनपाठन गर्नुपर्नेसमेत बताउनुभयो । 

सरकारले सबै सरकारी कार्यालयमा प्रथम शहीद थापाको फोटो राख्नुपर्ने, सबै प्रदेश र जिल्ला तहबाट मागसहित ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाएकाले त्यसको बेवास्ता भएको खण्डमा आफूहरु कडारुपमा प्रस्तुत हुने बताउनुभयो । 

आदिवासी जनजाति समन्वय परिषद, पाल्पाका अध्यक्ष केहरसिंह रानामगरले लखन थापा मगरले जहानियाँ राणा शासनको अन्त्यका लागि विद्रोह गरी देशलाई सही बाटोमा देखाउनुभएकामा उहाँको सधैँ र सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । 

नेपाल महिला मगर संघकी अध्यक्ष प्रतीक्षा सिंजालीले प्रथम शहीद थापाप्रति राज्यबाट बेवास्ता गरिएकोमा दुःख व्यक्त गर्नुभयो । गोर्खाको काहुलेमा विसं १९३३ मा रूखमा झुण्ड्याएर राज्यपक्षबाट उहाँको हत्या गरिएको बताइएको छ । गाउँमा नै हत्या भएको हो भन्ने कुरा ऐतिहासिक रूपबाट नै सान्दर्भिक देखिन्छ । नेपाल सरकारले थापालाई विसं २०५६ मा शहीद र २०७२ असोज २ गते प्रथम शहीद घोषणा गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ