२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

गाउका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा

३ फाल्गुन २०७४, बिहीबार ११:२६

फागुन ३, बारा | मुलुकमा बढ्दो बेरोजगारीको कारण बाराको सिंगो गाउँको ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । 

जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । 

यादव र मुस्लिमको बसोबास रहेको हरपुरका युवा वैदेशिक रोजगारीमा छन् । उनीहरु वैदेशिक रोजगारीको शिलशिलामा मलेशिया, कतार, दुबई, ओमान, साउदी अरबलगायत मुलुकमा रोजगारीमा रहेका छन् । 

सामान्य लेखपढ गरी कमाउँदै आएको रकमबाट घर खर्चसमेत चलाउन धौधौ परिरहेको बेला गाँउका युवा विस्तारै विदेशिने क्रम बढेको छ । यहाँको कमाइले छाक टार्न धौधौ पर्न थालेपछि युवा विदेशिने क्रम बढेको हो । दुई दशक पहिला बसोबास गर्नेको अवस्था निकै दयनीय थियो । गाउँमा स–साना कच्ची घरमात्र थिए । 

“पहिलापहिला गउँमा एउटा÷दुईवटा पक्की घर थिए, अहिले गाउँमा पक्की नै पक्की घर देख्न पाइन्छ,” स्थानीयवासी गीता थापाले भन्नुभयो । चार सय ७० घरधुरी रहेको हरपुरका युवा विदेशमा श्रमगरी पर्याप्त कमाइ गर्न थालेपछि गाउँको मुहारै फेरिन थालेको छ । गाउँको प्रत्येक घरमा एक जनादेखि पाँच जनासम्म विदेशमा गई श्रम गरिरहेका छन् । 

विदेशको कमाइबाट गाउँका युवाले साना तथा ठूला सवारीका साधन समेत जोडिसकेका छन् । विदेशको कमाइले स्थानीयवासीले जग्गा जमिन जोड्दै छोराछोरीलाई महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन थालेका छन् । 

“छ वटा छोरामध्ये चार छोरा विदेशमा श्रम गरिरहेका छन्,” स्थानीयवासी करिसन खातुनले भन्नुभयो । 

गाउँको ६०० भन्दा बढी युवा विदेशमा गई श्रम गरेपछि मासिक रु ५० लाखभन्दा बढी रकम भित्रिने गरेको वडा नं २४ वडाध्यक्ष इलियास अन्सारीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य