२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा प्रदेश २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला बन्दै

४ फाल्गुन २०७४, शुक्रबार ०७:०६

फागुन ४, लहान | सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । 

जिल्लाका ९९ दशमलव ६९ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो । 

प्रमुख कुशवाहाका अनुसार सिरहाको कूल एक लाख १८ हजार ५९८ घरधुरीमध्ये हालसम्म एक लाख १८ हजार २३६ घरधुरीमा शौचालय निर्माण भइसकेको छ । बाँकी रहेको करिब १ प्रतिशत अर्थात ३६२ घरधुरीमा पनि शौचालय निर्माण अन्तिमचरणमा पुगेको उहाँले बताउनुभयो । 

शौचालय बनाउन बाँकी रहेको घरधुरीमा पनि छिट्टै शौचालय निर्माण भएपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिने प्रमुख कुशवाहाले बताउनुभयो । 

उहाँका अनुसार, प्रदेश नं. २ का आठ जिल्लामध्ये सिरहामा ९९ दशमलव ६९ प्रतिशत, सप्तरीमा ९६ प्रतिशत, धनुषामा ८७ प्रतिशत, महोत्तरीमा ८२ प्रतिशत, सर्लाहीमा ८२ प्रतिशत, बारामा ६७ प्रतिशत, पर्सामा ८३ प्रतिशत र रौतहटमा ८७ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएका छन् । 

यसरी हेर्दा सबै भन्दा बढी सिरहामै शौचालय निर्माण भइसकेकोले २ नं प्रदेशकै पहिलो खुल्ला दिसामुक्त जिल्ला सिरहालाई नै बनाउने हाम्रो तयारी रहेको प्रमुख कुशवाहाले बताउनुभयो । 

हालसम्म सिरहाको १७ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भइसकेको र ६ वटा स्थानीय तह पनि खुल्ला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ । 

सिरहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, कल्याणपुर नगरपालिका, गोलबजार नगरापलिका, कर्जन्हा नगरपालिका, अर्नामा गाउँपालिका, बरियारपट्टी गाउँपालिका, लक्ष्मीपुर पत्तारी गाउँपालिका, सखुवानन्कारकट्टी र औरही गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेको प्रमुख कुशवाहाले बताउनुभयो । 

उहाँले बाँकी रहेको सिरहा नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाको अधिकांश वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र घोषणा हुनबाँकी रहेका वडामा पनि शौचालय निर्माणको काम अन्तिमचरणमा पुगेको प्रमुख कुशवाहले जानकारी दिनुभयो । 

सरसफाइको दृष्टिकोणले सिरहा जिल्ला मुलुकमै ७४ औं स्थानमा रहेको राष्ट्रिय तथ्यांकले देखाएको छ । मुलुकमै सिरहाको सरसफाइको अवस्था अत्यन्तै कमजोर रहेकाले त्यसमा सुधारल्याई २०१५ भित्रमा सिरहा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि विभिन्न कारणले हालसम्म पनि सिरहा खुल्ला दिसामुक्त हुनसकेको छैन् । 

सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त गर्ने लक्ष्य लिएको छ । सरकारको सोही लक्ष्यअनुसार जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान विगत चार वर्षदेखि सञ्चालन हुँदैआएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य