Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई दिनभित्रै माओवादी पनि सरकारमा सहभागी हुन्छ: मन्त्री पण्डित

२०७४, ४ फाल्गुन शुक्रबार १०:१३

फागुन ४, काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यो विस्तारमा माओवादी केन्द्रपनि सहभागी हुने स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने विश्वास दिलाएका हुन् । उनले भने,‘एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्रपनि सरकारमा सहभागी हुन्छ ।’ उनले एमाले र माओवादी केन्द्रवीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै घोषणा हुने जिकिर गरे।


मन्त्री पण्डितले आफूले भर्खरमै जिम्मेवारी सम्हालेकोले केही दिन मन्त्रालयको नीति तथा कार्यक्रम अध्ययनमा समय खर्चिने विश्वस दिलाए । उनले भने,‘अहिले मन्त्रालयले लिएका नीतिहरु अध्ययन गर्न बाँकै नै छ, म विज्ञहरुसँग छलफल गर्छु, कार्यक्रमहरु बुझ्न बाँकी छ, त्यसैले म अहिले नै ईतिश्री अभिव्यक्त गर्न सक्दिन्।’

उनले राष्ट्रिय सम्पदा तथा प्राकृतिक स्रोतलाई नेपालको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘वातावरणलाई सन्तुलित बनाउन, स्वच्छ बाउनको लागि दत्तचित्त भएर काम गर्छु।’

तपाई त गृहमन्त्रालयको जिम्मेवारी दिए मुलुकमा अपराध जिरोमा झार्छु भन्नुहुन्थ्यो तर तपाईलाई अर्के मन्त्रालयको जिम्मेवारी दिइएकोमा कत्तिको सन्तुष्टि हुनुहुन्छ ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, ‘यो प्रधानमन्त्रीय प्रणाली हो, कुनै बेला पनि जिम्मेवारी हेरफेर हुन्छ, मैले असन्तुष्टि किन राख्ने ? म त अझै धेरै सन्तुष्टि हुनेगरि काम गर्छु, जनताको हितमा काम गर्छु ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको प्रमुख नीति तथा कार्यक्रमहरु विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने पनि जानकारी दिए । उनले भने,‘हाम्रो चाहना छ, सम्पूर्ण नेपालीहरु सुखी हुनुपर्छ, खुशी हुनुपर्छ, त्यसैको लागि हामी काम गर्छौं ।’

अघिल्लो सरकारले गरेका कतिपय निर्णयहरु गलत भए वा प्रक्रियागत रुपमा ठिक नभए ती निर्णयहरुलाई आफूहरुले खारेज गर्न सक्ने पनि मन्त्री पण्डितको भनाई थियो । 

उनले भने,‘अघिल्लो सरकारले गरेका निर्णयहरु हामी हेर्छौं, गहन अध्ययन गर्छौं, यदि प्रक्रियागत छैनन् भने हामी ती निर्णयहरु होल्ड गर्छौं, प्रक्रियागत भएका निर्णयहरु कार्यान्वयन गर्छौं, यदि नियमसंगत नभएका निर्णयहरु खारेजीको तहसम्म पनि पुग्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ