प्रधानमन्त्री ओलीले भोलि अपराह्न ४ बजे सरकारी"/>
प्रधानमन्त्री ओलीले भोलि अपराह्न ४ बजे सरकारी"/>
फागुन ५, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले भोलि अपराह्न ४ बजे सरकारी निवास सर्ने तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नवनियुक्त प्रधानमन्त्रीको स्वागतका लागि आज बालुवाटारमा व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडेका थिए । ज्योतिषीको सल्लाह अनुसार देउवाले फागुन ५ गते अगाडि नै बालुवाटार छाडेका हुन् ।