२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले–माओवादी केन्द्र एकीकरण निर्णायक मोडमा पुगिसक्यो: प्रचण्ड

२०७४, ५ फाल्गुन शनिबार १२:४७

फागुन ५, बर्दिवास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताउनुभएको छ । 

आज महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ बेङ्खाडीबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान घोषणापछि त्यसको कार्यान्वयनको एकचरण सम्पन्न भएकाले अब सबैको ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको हो । 

नेकपा (माओवादी केन्द्र) महोत्तरी समितिले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुक नयाँ युगमा प्रवेश गरेको चर्चा गर्दै अब स्थायित्व, समृद्धि र आमजनतालाई सुशासनको अनुभूति गराएर समाजवादतर्फ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । मुलुकमा वाम गठबन्धनको सरकार बनिसकेकाले अब यो अभियानको नेतृत्व आपूmहरुले गर्ने उहाँको भनाइ थियो । 

“जनताले यिनीहरुले चाहिँ मुलुकलाई स्थायित्व दिन सक्छन् भनेर वाम गठबन्धनलाई विश्वास दिएका छन्”, प्रचण्डले भन्नुभयो, “अब जनताको विश्वासमा हामी खरो उत्रिन सक्नुपर्छ ।” 

सभामा अध्यक्ष प्रचण्डले एमाले–माओवादी केन्द्र एकीकरणको कुरा निर्णायक मोडमा पुगेको चर्चा गर्दै फुटाउन खोज्ने तत्वहरु सक्रिय रहेकाले दुवै पक्ष चनाखो भएर अघि बढ्न आवश्यक रहेको औँल्याउनुभयो । 

पार्टी एकीकरणका लागि चौतर्फी दबाब बढाउन अपिल गर्दै प्रचण्डले भन्नुभयो, “तपाईंहरु एमाले–माओवादी जुन पार्टीमा भए पनि आ–आफ्नो ठाउँबाट एकताका लागि बल पु¥याउनुहोेस्, जनताको दबाबले एकीकरण चाँडै टुङ्ग्याउन सघाउ पुग्नेछ ।” सभामा अध्यक्ष प्रचण्डले राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहितका सयौँ कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै स्वागत गर्नुभएको थियो । 

यसअघि अध्यक्ष प्रचण्डले बर्दिवास–८ हाथीलेटमा आयोजित सम्मान समारोहमा जिल्लाका १०३ जना पुराना कम्युनिष्ट कार्यकर्तालाई अभिनन्दन गर्नुभएको थियो । समारोहस्थलमै पत्रकारहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सरकारमा सहभागी हुँदैन कि भन्ने आशङ्का नगर्न अपिल गर्नुभयो । 

“हामीले सरकार बनाइसक्यौँ, अब यसको विस्तारको कुरा छ”, प्रचण्डले भन्नुभयो, “पार्टी एकीकरणको कुरा सकारात्मक रुपमा अघि बढेकाले सबै कुरा एकीकरणसँगै जोडेर प्याकेजमा सहमति हुन्छ, अनि हामी सरकारमा सहभागी हुन्छौँ ।” यो चरण सर्त वा अन्य अर्थमा नबुझी एकीकरणलाई बल दिने अर्थमा बुझ्न अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा