७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले–माओवादी केन्द्र एकीकरण निर्णायक मोडमा पुगिसक्यो: प्रचण्ड

५ फाल्गुन २०७४, शनिबार १२:४७

फागुन ५, बर्दिवास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अबको कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायित्व र समृद्धि हुने बताउनुभएको छ । 

आज महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ बेङ्खाडीबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान घोषणापछि त्यसको कार्यान्वयनको एकचरण सम्पन्न भएकाले अब सबैको ध्यान समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको हो । 

नेकपा (माओवादी केन्द्र) महोत्तरी समितिले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुक नयाँ युगमा प्रवेश गरेको चर्चा गर्दै अब स्थायित्व, समृद्धि र आमजनतालाई सुशासनको अनुभूति गराएर समाजवादतर्फ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । मुलुकमा वाम गठबन्धनको सरकार बनिसकेकाले अब यो अभियानको नेतृत्व आपूmहरुले गर्ने उहाँको भनाइ थियो । 

“जनताले यिनीहरुले चाहिँ मुलुकलाई स्थायित्व दिन सक्छन् भनेर वाम गठबन्धनलाई विश्वास दिएका छन्”, प्रचण्डले भन्नुभयो, “अब जनताको विश्वासमा हामी खरो उत्रिन सक्नुपर्छ ।” 

सभामा अध्यक्ष प्रचण्डले एमाले–माओवादी केन्द्र एकीकरणको कुरा निर्णायक मोडमा पुगेको चर्चा गर्दै फुटाउन खोज्ने तत्वहरु सक्रिय रहेकाले दुवै पक्ष चनाखो भएर अघि बढ्न आवश्यक रहेको औँल्याउनुभयो । 

पार्टी एकीकरणका लागि चौतर्फी दबाब बढाउन अपिल गर्दै प्रचण्डले भन्नुभयो, “तपाईंहरु एमाले–माओवादी जुन पार्टीमा भए पनि आ–आफ्नो ठाउँबाट एकताका लागि बल पु¥याउनुहोेस्, जनताको दबाबले एकीकरण चाँडै टुङ्ग्याउन सघाउ पुग्नेछ ।” सभामा अध्यक्ष प्रचण्डले राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहितका सयौँ कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै स्वागत गर्नुभएको थियो । 

यसअघि अध्यक्ष प्रचण्डले बर्दिवास–८ हाथीलेटमा आयोजित सम्मान समारोहमा जिल्लाका १०३ जना पुराना कम्युनिष्ट कार्यकर्तालाई अभिनन्दन गर्नुभएको थियो । समारोहस्थलमै पत्रकारहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सरकारमा सहभागी हुँदैन कि भन्ने आशङ्का नगर्न अपिल गर्नुभयो । 

“हामीले सरकार बनाइसक्यौँ, अब यसको विस्तारको कुरा छ”, प्रचण्डले भन्नुभयो, “पार्टी एकीकरणको कुरा सकारात्मक रुपमा अघि बढेकाले सबै कुरा एकीकरणसँगै जोडेर प्याकेजमा सहमति हुन्छ, अनि हामी सरकारमा सहभागी हुन्छौँ ।” यो चरण सर्त वा अन्य अर्थमा नबुझी एकीकरणलाई बल दिने अर्थमा बुझ्न अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने