Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमुख निर्वाचन आयुक्त डा.यादव सम्मानीत

२०७४, ५ फाल्गुन शनिबार १७:०३

प्रज्वल पौडेल । फाल्गुण ५, काठमाण्डौ । नेपाल युवा संस्था सञ्जाल (आयोन) ले प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवलाइ सम्मान गरेको छ । शनिबार राजधानी काठमाण्डौस्थित बानेश्वरमा आयोजना भएको एक कार्याक्रममा उहाँलाइ सम्मान गरिएको हो ।

निर्वाचन आयोगले २०७४ सालभित्र तीन तह (स्थानीय, प्रदेश, प्रतिनिधि सभा एवं राष्ट्रिय सभा)को ऐतिहासिक निर्वाचन विभिन्न चरणमा यादवको नेतृत्वमा सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई सहित सम्मान—पत्र हस्तान्तरण गरिएको नेपाल युवा संस्था सञ्जाल (आयोन) का अध्यक्ष हिमाल महतले जानकारी दिनुभयो । 


आयोनले लोकतन्त्र तथा निर्वाचन दिवस २०७४ को अवसरमा सरोकारवालाहरूबीच मतदानमा युवाको अधिकार विषयक संवाद आयोजना गरेको छ । विद्यमान मतदाता नामावली दर्ता प्रक्रियालाई संसोधन गरी निर्वाचन हुने एकदिन अगाडि १८ वर्ष पुग्ने युवाले पनि मतदाता नामावलीको लागि नाम दर्ता गराउन पाउनु पर्ने, १६ वर्षमा नागरिकता पाएपछि मतहाल्ने अधिकार हुनु पर्ने, विदेशमा बसेका नागरिकहरुको पनि मतदान गर्ने अधिकार हुनुपर्ने, स्थानीय तहमा निरन्तर मतदाता परिचय पत्र बनाउने व्यवस्था राज्यवाट हुनु पर्ने, लगाएत विषयलाई लिएर सो संवाद कार्यक्रमको आयोजना गरिएको अध्यक्ष महतले बताउनुभयो । कार्यक्रममा विशेषतः निर्वाचनको मिति तोकिए पश्चात मतादाता दर्ताका लागि पर्याप्त समय दिई सर्वसाधारणलाई आफ्नो नाम दर्ताका लागि हौसला प्रदान गरिनु पर्ने कुरालाई पनि जोड दिइएको थियो । 


प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको प्यानल छलफलमा काठमाण्डौं क्षेत्र नं. ३ (क) का माननीय प्रदेश सभा सदस्य छिरिङ्ग दोर्जे लामा, नेकपा एमाले तथा बाम गठवन्धनबाट माननीय रचना खड्का, साथै राष्ट्रिय युवा परिषद्का कार्यकारी सदस्य भावना भट्ट रहनुभएको थियो । 

कार्यक्रममा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठन, नेविसंघ, अनेरास्वव्यु, अखिल क्रान्तिकारी, राजपा का युवा विद्यार्थी, सामाजिक संघ सस्थाका  प्रतिनिधि, दातृ तथा विकास नियोग प्रतिनिधि, नागरिक समाज प्रतिनिधि, पत्रकार, युवा लगाएत एकसय पचासभन्दा बढी युवाको सहभागीता रहेको थियो । कार्यक्रममा आइ इ एफ नेपाल र यू एस् आइ डी नेपालको सहयोग भएको थियो । 

नेपालमा वि.स. २००७ सालबाट फाल्गुन ७ गते प्रजातन्त्र दिवस र वि.स. २०७३ सालबाट सोही दिनलाई निर्वाचन दिवसको रुपमा मनाउँदै आइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ