२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

विद्यालय संरक्षणमा जुटे स्थानीयबासिन्दा

६ फाल्गुन २०७४, आईतवार ०६:०५

फागुन ६, पाल्पा | पाल्पा तानसेन नगरपालिकास्थित कुनसेर आधारभूत विद्यालयको संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् । 

लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस विद्यालयमा स्थानीयबासिन्दाले पैसा संकलन गरी विद्यालय संरक्षणमा जुटेको स्थानीयवासी जीतबहादुर थापाले बताउनुभयो । 

स्थानीयबासिन्दाको घरघरमा गएर पैसा संकलन गरी विद्यालयलाई मर्मत सम्भार तथा रंगरोगन गरी सुन्दर बनाएको उहाँले बताउनुभयो । विद्यालयका तीन वटा भवन मर्मत सम्भार तथा रंगरोगन गरेपछि विद्यालय आकर्षक बनेको छ । 

स्थानीयबासिन्दाले रु ५० देखि रु एक हजार पाँच सयसम्म आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र बस्यालले बताउनुभयो । सो विद्यालय आसपासका क्षेत्रमा १४६ घरपरिवारको बस्ती छ । विद्यालयमा ८२ जना विद्यार्थी अध्ययन गर्दै आएको प्रअ बस्यालले जानकारी दिनुभयो । 

विद्यार्थीहरु सफा र सुन्दर कक्षाकोठामा बसेर अध्ययन गर्न पाएपछि खुसी भएका छन् । पहिला जीर्ण र फोहोर कक्षा कोठामा बस्ने बालबालिका सफा र सुन्दर कक्षाकोठा बनेपछि नियमित विद्यालय आउन थालेको प्रअ बस्यालले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य