2026-11-04 05:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका आगलागी पीडितलाई राहत

फागुन ६, हुम्ला | नेपाल ग्रामीण पुनःनिर्माण संस्था÷सामुदायिक विकास कार्यक्रम (सिडिपी) हुम्लाले आगलागी पीडित १४ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । 

सर्केगाड गाउँपालिका–७ कार्कीबाडामा गत माघ १३ गते आगलागी भई १४ घर र पशुवस्तु नष्ट भएको थियो । सामुदायिक विकास कार्यक्रमले सर्केगाड गाउँपालिकाको वडा नं २, ३ र ४ मा विपद्सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । सोही गाउँपालिकाको कार्कीबाडा बस्तीमा भएको आगलागी पीडितहरुलाई राहत सामग्री दिएको हो । 

पीडितहरुलाई कम्बल ३२, डसना १६, ह्यान्डवास डेटल १६, डेटल साबुन ६४, बाल्टिन १६, टुथ ब्रस ४८, कोलगेट १६, तौलिया १६, स्यानेटरी प्याड १६, मग १६, र नेलकटर १६ थान वितरण गरिएको कार्यक्रम संयोजक उपेन्द्रकुमार राईले बताउनुभयो । उनीहरुलाई रु एक लाख ८३ हजार बराबरको राहत सामग्री वितरण गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै