Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ: नेता खनाल

२०७४, ६ फाल्गुन आईतवार १०:३९

फागुन ६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई बाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एकिकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दुबै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिनुभयो । छलफल तथा सहकार्यबाट नै गठन भएको सरकारले केही दिनभित्रै पूर्णता पाउने उहाँले बताउनुभयो । 

नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले जनताको चाहना एकता नै भएकाले त्यसबाट कोही पनि फर्कन नसक्ने बताउँदै बाम एकताका लागि दुबै पार्टीका नेता व्यवस्थापनमा समस्या नरहेको बताउनुभयो । 

नेपाली काँग्रेसका नेता कल्याण गुरुङले मुलुकमा सरकारको स्थायित्वको खाँचो औँल्याउँदै आफ्नो पार्टीले पाँच वर्षसम्म प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताउनुभयो । 

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनको विषयमा वर्तमान गठबन्धनको सरकार सकारात्मक भए आफूहरु पनि सरकारमा सहभागी हुने जानकारी दिनुभयो । 

राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले सरकारमा जाने विषय आफूहरुको प्राथमिकतामा नरहेको बताउँदै कुन स्वरुपमा संविधान संशोधनको विषय अगाडि बढ्छ त्यसका आधारमा सरकारलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ