७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता

६ फाल्गुन २०७४, आईतवार १२:३०

फागुन ६, भक्तपुर | प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वान टु वान वार्ता सम्पन्न भएको छ । 

मध्यपुरथिमिस्थित माओवादी नेता तथा व्यापारी दुर्गा प्रसार्इंको घरमा चारघण्टा लामो भएको डिनरसहितको भेटवार्तामा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ । 

भेटकाबारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले पार्टी एकताका विषयमा कुराकानी भएको बताउँदै कुराकानी सकारात्मकरुपमा अगाडि बढेको जानकारी दिनुभयो । एकताकाबारेमा छलफल सकारात्मकरुपमा अगाडि बढेको बताउँदै उहाँले अब हुने छलफलले सहमति जुटाएर पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओली निवास बालकोटमा शनिबार भएको उहाँहरुको वार्तामा भने आज पुनः वान टु वान छलफल गरी सहमति गरेर आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएपनि समितिको बैठक भने आज बस्न सकेन । 

सोमबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुनः वान टु वान निर्णायक छलफल गरी समितिको बैठक बस्ने तयारी भएको बताइएको छ । पार्टी एकताका अधिकांश विषयमा सहमति भइसकेको र बाँकी केही विषयलाई निर्णयमा पुर्याएर प्याकेजमै सहमति गर्ने तयारी भएको बताइएको छ । 

आजको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई सरकारमा सहभागी हुनेको नाम पठाउन प्रचण्डसँग आग्रह गरेको तर प्रचण्डले भने एकीकृत पार्टीका कार्यदिशाका बारेमा सहमति गरौँ भन्नुभएको वार्तास्थल स्रोतले जानकारी दिएको छ । पार्टी एकताको सैद्धान्तिक विषयमा केही कुरा मिल्न बाँकी भएको बताइएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने