Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरमा जंगली हात्तीले २१ घर भत्काए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ७, भीमदत्तनगर | </b>कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ ।&nbsp;<br></p><p>राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पुर्याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ । प्रहरीको टोलीले पनि घटनास्थल पुगेर क्षतिको विवरण लिएको छ ।&nbsp;</p><p>हात्तीले घर भत्काएपछि पीडित खुला आकाशमा बसिरहेका छन् । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले पीडितलाई तत्काल राहतस्वरुप प्रतिपरिवार रु दुई हजार प्रदान गर्ने जानकारी दिनुभयो । उहाँले यसअघि पनि नरगरपालिका क्षेत्रका हात्तीपीडितलाई नगरपालिकाले राहत रकम उपलब्ध गराएको स्मरण गर्नुभयो । रासस</p>