Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकता प्रक्रियाबारे आन्तरिक छलफल

२०७४, ७ फाल्गुन सोमबार १०:१७

फागुन ७, काठमाडौँ | नेकपा(माओवादी केन्द्र)ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने विषयमा आन्तरिक छलफल गरेको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीका शीर्ष नेताहरुसँग आज आन्तरिक छलफल गर्नुभएको हो । 

अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको अनौपचारिक छलफलमा एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी कुराकानी भइरहेको शीर्ष नेतालाई जानकारी गराउनुभएको थियो । 

बैठकमा सहभागी नेताहरुका अनुसार अध्यक्ष दाहालले आइतबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्नुभएको एक्लाएक्लै छलफलमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो । एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक आजै बस्दैछ । 

माओवादी केन्द्रका नेता जनार्दन शर्माका अनुसार पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी कुराकानी भइरहेको छ । आइतबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच करिब पाँच घण्टा छलफल भएको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते संघीय संसदको बैठक आह्वान गर्नुभएको छ । सो बैठकमा एकीकृत पार्टीको रुपमा नै प्रस्तुत हुने गरी तयारी भइरहेको बताइएको छ। रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ