२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहमा एक पुरुषको शव फेला

८ फाल्गुन २०७४, मंगलवार ०६:१४

फागुन ८, लहान | सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ । 

स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ । 

सदायको शव मृतकका सालो राजकपुर सदायले सनाखत गरेपछि शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिनुभयो । 

बगैँचामा भेटिएको सदायको शवको घाँटीमा निलडाम देखिएकाले कर्तव्य गरी हत्या भएको आशंका गरिएको प्रहरीको भनाइ छ । परीक्षणपछि मात्र यकिन भन्न सकिने प्रहरीले जनाएको छ । 

गाउँ नजिकै पर्ने खुट्टी खोलामा गिट्टी बालुवाको काम गरेर जीविका चलाउँदै आएका मृतक सदायकी श्रीमती लिखनीदेवी सदाय सुत्केरी हुने अवस्थामा रहेकी गाउँले बताउँछन् । चार छोराछोरीका बाबु सदाय पछिल्लो दुई महिनादेखि घर बाहिर बस्दै आएका थिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ठकुरीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य