७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ: सचिव ज्ञवाली

८ फाल्गुन २०७४, मंगलवार ०९:५१

फागुन ८, काठमाडौँ | नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिनुभयो । 

सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गरी आर्थिक वृद्धि हासिल गर्ने हुँदा त्यसका लागि आवश्यक संख्या मात्र मन्त्रिपरिषद्मा रहने चर्चा गर्दै उहाँले भन्नुभयो, “हाम्रो कार्यदलले १५ वटा मन्त्रालय बनाउन सिफारिस गरेको छ, अब कतिपय मन्त्रालय एकीकृत गरिन्छ र कतिपय खारेज हुन्छन् ।” 

नेता ज्ञवालीले वर्तमान सरकारले लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा गर्ने, सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्न लगानी बढाउने र संघीय संविधान कार्यान्वयनलाई प्राथमिकता दिने बताउनुभयो । 

देशमा सुशासन र आर्थिक समृद्धि कायम गर्न सरकारले दत्तचित्त भएर काम गर्ने जानकारी दिंदै उहाँले भन्नुभयो, “यो सरकार १० देखि पाँच कार्यालय आउने÷जाने होइन, रिबन काट्ने, पूजा गर्ने काम गर्दैन, किनकि हामी अग्निपरीक्षामा छौँ ।” 

एमाले र माओवादी केन्द्रबीचको एकता 

सचिव ज्ञवालीले विसं २००६ मा स्थापना भएको कम्युनिष्ट पार्टी विभिन्न समयमा फुट्दै गएको स्मरण गर्दै एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा ऐतिहासिक हुने र मुलुकमा अब राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गर्दै एकता विश्व कम्युनिष्ट आन्दोलनका लागि पनि प्रेरणादायी हुने बताउनुभयो । 

एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन केही कानूनी प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसका लागि करिब तीन हप्ता सक्छ, हिजो भएको दुई पार्टीबीचको एकता घोषणालाई दुवै पार्टीका केन्द्रीय कमिटीले अनुमोदन गरेर आगामी चैतसम्ममा एकता घोषणा हुन्छ ।” एकता महाधिवेशनका लागि करिब डेढ वर्ष समय लाग्ने उहाँको भनाइ थियो । 

नेता ज्ञवालीले भन्नुभयो, “महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म दुवै अध्यक्षहरुले संयुक्त नेतृत्व गर्नुहुन्छ, उहाँहरुले समझदारीमा नै पार्टी चलाउनुहुन्छ ।” एकीकृत पार्टीको संरचनामा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी निर्माण गरिने नेता ज्ञवालीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने