२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिन्छ: मन्त्री पण्डित

२०७४, ९ फाल्गुन बुधबार ०७:२१

फागुन ९, काठमाडौँ  । संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । 

मुलुकमा नवीकरणीय ऊर्जा क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको छाता संगठन नेपाल नवीकरणीय ऊर्जा परिसंघको प्रतिनिधिमण्डलले जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितलाई भेट गरी लघु जलविद्युत्, बायोग्यास, सौर्य विद्युत्, सौर्य तापीय ऊर्जा, बायोमास, सुधारिएको चुलो, वायु ऊर्जा प्रविधिबाट जनताको ऊर्जाको बढ्दो माग पूरा गराउन नेपाल सरकार र सरकारका सम्बद्ध निकायबाट सशक्त कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकामा जोड दिइएको छ । 

सो अवसरमा मन्त्री पण्डितले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरणका लागि नीति तथा कार्यक्रम सहज प्रक्रियाबाट कार्यान्वयन गरी वातावरणको अवस्था सुधारका लागि सरकार क्रियाशील हुने बताउनुभयो । 

उहाँले वैकल्पिक ऊर्जाका कार्यक्रमबाट दुर्गम हिमाली, पहाडी जिल्लाका साथै तराईका बासिन्दामा ऊर्जाको पहुँच बढाउन सरकार, सहयोगी निकाय र निजी क्षेत्र एकजुट भई समन्वयनात्मक ढंगले क्रियाशील हुनुपर्ने धारणा राख्नुभयो । परम्परागत र आयातित इन्धनको निर्भरतालाई कम गरी नवीकरणीय ऊर्जाको प्रवद्र्धनबाट वातावरण संरक्षणमा ध्यान दिइनेछ मन्त्री पण्डितले भन्नुभयो ।  

परिसंघका अध्यक्ष गुणराज ढकालको नेतृत्वमा गएको टोलीले नवनियुक्त मन्त्री पण्डितलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिँदै वैकल्पिक ऊर्जाका क्षेत्रमा देखिएका समस्या र तिनको समाधानका लागि सरकारले गर्नुपर्ने पहलका बारेमा जानकारी गराएको थियो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई संघीय संरचनाअनुरुप क्रियाशील तुल्याउन निजी क्षेत्रबाट हुनसक्ने सहयोग र समन्वयका बारेमा पनि प्रकाश पारिएको थियो । 

परिसंघमा नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि प्रवद्र्धन संघ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल सौर्य विद्युत् उत्पादक संघ, नेपाल सौर्य तापीय ऊर्जा संघ, नेपाल जल तथा ऊर्जा परार्मशदाता संघ, बायोग्यास क्षेत्र साझेदारी नेपाल (बीएसपी नेपाल) र स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) आबद्ध रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा