८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

९ फाल्गुन २०७४, बुधबार ०८:३४

फागुन ९, पोखरा | प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । 


पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा खेलकुदको विकासमा जोड दिइने जानकारी दिनुभयो । 

नेपाली खेलाडीको मेहनत, परिश्रम र लगनशीलताका कारण मुलुकलाई खेलकुदको माध्यमबाट विश्वसामु परिचित गराउन सफल भएको बताउँदै उहाँले पोखरा रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रुपमा विकास गरिने बताउनुभयो । 

नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेल्ने केसीसहितको टिमलाई जिम्बाबेमा हुने विश्वकप क्रिकेटको फाइनल खेलमा सफलता प्राप्तिका लागि जुट्न आग्रह गर्नुभयो । 

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आवश्यक पूर्वाधारको अभावमा पनि नेपाली खेलाडीले खेलकुदमा पु¥याएको योगदानको उच्च कदर गरिनु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा खेलाडी करण केसीले सम्मानले आफूलाई खेलकुदमा जिम्मेवार भएर लाग्न थप प्रेरणा मिलेको बताउनुभयो । 

कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका तर्पmबाट खेलाडी करणलाई रु १५ हजार नगदले सम्मान गरिएको थियो एकेडेमीका केन्द्रीय सदस्य एवं कास्की इञ्चार्ज राजेश गुरुङले नगदले सम्मान गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता