२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पत्रकार पाण्डेको स्वास्थ्य स्थितिबारे जानकारी

९ फाल्गुन २०७४, बुधबार ०९:११

फागुन ९, पोखरा | प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले समाचार संकलनका क्रममा घाइते हुनुभएका पत्रकार घनश्याम पाण्डेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएकोछ । 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दका क्रममा पोखराको विजयपुर खोला पुल नजिकै भएको टाइम बम विफोस्टनमा घाइते भई पोखराको नयाँ बजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार गराई रहनुभएका पत्रकार पाण्डेको स्वास्थ्य अवस्था र उपचारकाबारे उहाँले जानकारी लिनुभएको हो । 

पोखरास्थित रेडियो गण्डकी र गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पाण्डेको बम विस्फोटन हुँदा दाँहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । उनको स्थिति अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । 

उक्त घटनामा घाइते भई सोही अस्पतालमा उपचाररत अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्रीको स्वास्थ्य अवस्थाबारे पनि मन्त्री बस्नेतले जानकारी लिनुभएको थियो । 

सो अवसरमा प्रदेशसभा सदस्य राजिव पहारीले पनि घाइतेद्वय पाण्डे र खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै