२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् नयाँ सरकारमा माओवादीले मागेको ७ मन्त्रालय, को-को छन् दावेदार ?

२०७४, ९ फाल्गुन बुधबार १८:२३

फागुन १०, काठमाडौँ | केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । यसैबीच सत्तारुढ एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने नटुंगिदै माओवादीले भने गृह सहित बिभिन्न ७ मन्त्रालय माग गरेको छ । 

माओवादीले उपप्रधानमन्त्री र गृहसहित कम्तिमा ७ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको हो । उसले गृह मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, पर्यटन मन्त्रालय सहित अन्य ४ मन्त्रालय मागेको छ । माओवादीले मागे बमोजिम एमालेले अर्थ मन्त्रालय राखेपछि पर्यटन माओवादीलाई दिन एमाले तयार देखिन्छ । 

वन तथा वातावरण मन्त्रालय यस अघिनै एमालेका लालबाबु पण्डितले पाईसकेका छन् । माओवादीले रक्षा मन्त्रालय वा उर्जा मंत्रालयको समेत दावी गरेको बताइएको छ । 

नयाँ सरकारमा माओवादीका रामबहादुर थापा बादल उपप्रधानमन्त्री बन्ने सम्भावना छ भने यसअघि अर्थमन्त्री बनेका वर्षमान पुन र यस अघि उर्जामंत्री बनेका जनार्दन शर्मा पनि गृह मन्त्रालय पाउने आशामा छन् । त्यस्तै मन्त्रीका अर्का आकांक्षी शक्ति बस्नेतले भौतिक पूर्वाधार मन्त्रालयमा दावी गरेका छन् । प्रदेश २ बाट मातृका यादव र प्रदेश १ बाट हिमाल किरातीले मन्त्रीमा दावी गरेका छन् । यता प्रदेश ३ बाट पम्फा भुसालले मन्त्रीको दावी गरेकी छन् ।

नयाँ शक्ति त्यागेर माओवादी केन्द्रमा आएका देवेन्द्र पौडेल र देव गुरुङ प्रदेश ४ बाट मन्त्रीका दावेदार छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा