२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनकुटामा प्रादेशिक व्यापार तथा कृषि मेला हुने

१० फाल्गुन २०७४, बिहीबार ०३:१४

फागुन १०, धनकुटा । नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिनेभएको छ । 

बुधबार मेला मूल आयोजक समिति उद्योग वाणिज्य संघ, धनकुटाले पत्रकार सम्मेलनमा आगामी फागुन २० देखि ३० गतेसम्म हुने व्यापार मेलामा विशेष आकर्षणका १५० स्टल रहने बताइयो । 

चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीमा ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत प्रदेश नं १ को आर्थिक विकासको आधार’ भन्ने मूलनारा तय गरिएको महोत्सव आयोजक समितिले जनाएको छ । एकसय स्टल अग्रिम बुकिङ भइसकेको स्टल तथा बालउद्यान व्यवस्थापन समितिका संयोजक रोशन श्रेष्ठले बताउनुभयो । 

महोत्सवमा नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिनेछ । 

स्थानीय जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवं परिकारसमेत प्रदर्शनीमा राखिनेछ । मेलालाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय स्तर र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम एवं बालबालिकाका लागि बालउद्यानसमेत रहने मूल आयोजक समिति धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताउनुभयो । 

व्यापार मेला तथा प्रदेश नं १ स्तरीय व्यापार तथा कृषि मेला अवधिभर करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने एवं तीन करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सव सञ्चालन गर्न ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । धनकुटा उद्योग वाणिज्य संघले यसभन्दा अघि २०६५, २०६८ र २०७१ सालमा पनि महोत्सवको आयोजना गरेको थियो । 

व्यापार मेला तथा महोत्सवको मुख्य आकर्षणका रुपमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (एनटिआइएस) समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ वटा कृषिजन्य वस्तु र पूर्वाञ्चलका १४ वटा जिल्लाका उत्कृष्ट उद्योगबाट उत्पादित वस्तुका स्टल रहनेछन् । 

धनकुटामा हुने महोत्सवलाई भव्यरुपमा सफल बनाउन उद्यमी, सरोकारवाला निकाय, सञ्चारकर्मीलगायत सबै क्षेत्रका प्रतिनिधिलाई समेटेर एकसय एक सदस्यीय मूलआयोजक समिति र १४ वटा उपसमिति गठन गरिएको छ । 

जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग विकास समितिलगायत दर्जनभन्दा बढी संघसंस्था सहयोगीका रुपमा छन् भने धनकुटाको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, धनकुटा नगरपालिका विशेष सहयोगीका रुपमा रहने आयोजक समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ