Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १० गते, दिउँसो २:२० बजे कृषि गतिबिधी, ललितपुर - LLT

टुटा किराका कारण किसान हैरान

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १०, ललितपुर | तरकारीमा लाग्ने टुटा किरा (पात खाने) किराका कारण किसान हैरान छन् ।

किराका कारण पात बिग्रिएर जाने कृषि विभागअन्तर्गतको प्लान्ट क्वारेन्टाइन कार्यक्रममा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो ।

पहिले भुसुनाजस्तो हुने यो किराले पछि लार्भाजस्तो स्वरुप बनाउँछ । किराले असर गरेको पातबाट थाहा हुने भए पनि किसानले थाहा पाउँदासम्म बालीमा नोक्सान गर्छ । यो किराले आक्रमण गर्दा ७० प्रतिशतसम्म उत्पादन नोक्सान गर्ने खरेलको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “पहिले यो रोग एक दुईथरी तरकारीमा लागे पनि अहिले धेरैमा फैलिएको छ ।”

चार वर्ष पहिले भित्रिएको यो रोग अहिले करिब ३५ जिल्लामा फैलिसकेको खरेल बताउनुहुन्छ । पहिले दक्षिण अफ्रिकामा देखिएको यो समस्या अफ्रिकाबाट भारत हुँदै नेपाल भित्रिएको हो । गोलभेँडा वा त्यही प्रजातिका तरकारीबाट यो रोग नेपाल भित्रिएको उहाँ बताउनुहुन्छ ।

रोग भएका बाली वा बिरुवा नभित्र्याउन १६ वटा नाकामा जाँच गर्ने कार्यालय छन् । बीउबाट मात्रै नभएर फल नै ल्याउँदासमेत रोग सर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रोग भएको तरकारी पखालेर हामी जमिनमा फाल्छौँ, यही माटोबाट समेत बोटबिरुवामा रोग सर्छ ।” रासस