२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो छ: प्रधानमन्त्री ओली

२०७४, ११ फाल्गुन शुक्रबार ११:२५

फागुन ११, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ । 

उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो— “शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ ।” 

प्रधानमन्त्री ओलीले सरकार अब आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै विश्वका अन्य मुलुकजस्तै नेपालले पनि आर्थिक क्षेत्रमा फड्को मार्नुपर्छ भन्नुभयो । 

“विश्वका अन्य देशजस्तै नेपालले पनि चाँडै नै आर्थिक विकासमा प्रगति गर्नेछ”, उहाँले भन्नुभयो, “त्यसैले सरकारको ध्यान अब आर्थिक समृद्धितिर हुन्छ ।” 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै मुलुकलाई चाँडै नै विकासको गतिमा लैजाने पनि बताउनुभयो । 

हिसानका अध्यक्ष रमेश सिलवालले निजी क्षेत्रले शिक्षामा पु¥याएको योगदानको चर्चा गर्दै सरकारसँग मिलेर निजी क्षेत्रले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि काम गर्ने चाहना भएको बताउनुभयो । 

उहाँले अहिले केन्द्रबाट मात्र सञ्चालित शिक्षा नीतिलाई परिवर्तन गरी प्रदेश र स्थानीय तहमा छुट्टै शिक्षा नीतिको आवश्यकता भएको औँल्याउनुभयो । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित १६ देशका ३५० जनाको सहभागिता छ । सम्मेलनमा भारत, चीन, क्यानडा, अमेरिका, अष्ट्रेलियालगायत १५ देशका विश्वविद्यालयका प्राध्यापकले आ—आफ्नो देशका संघीय संरचनाका शिक्षा नीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन