2026-09-14 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा डुव्रिङबासीको घरघरमा पानी पुगेपछि…

रेखा मगर/फागुन १२, रोल्पा । रोल्पाको डुव्रिङ गाउँमा पहिले खानेपानीको निकै समस्या थियो । 

गाउको नजिकमा खानेपानीको मुहान प्रशस्त नहुदाँ तथा भएका मुहानमा पनि पानीको मात्रा घट्ने कारणले गर्दा घण्टौँ लाईनमा बस्नुमात्र नभई भालेको डाकोसंगै महिलाहरु पानीका लागी जुमुराउँथे ।

तछाडमछाड गर्दै पानी पाईन्न कि भनेर चिन्तै चिन्तामा त्यहाँका सर्वसाधारण निदाउँदा पनि पानीकै सपना देख्दथे । डोकोमा गाग्री, हातमा जर्किन जस्ता पानीका भाँडा वोकेर पिउने पानीको जोहो गर्ने स्कुले वालवालिका, गृहेणी तथा होटल सन्चालकहरुलाई निकै समस्या हुन्थ्यो । तर अहिले अवस्था त्यस्तो छैन ।

साविकको डुव्रिङ र हालको रुन्टीगढी गाउँपालिका वडा नं छ डुव्रिङमा डुव्रिङ खानेपानी उपआयोजनाले अव विगतका खानेपानी समस्या निराकरण गर्ने उपाय खोज्दै सर्वसाधारणका घरघरमा धारा पु¥याउन सफल भएपछि त्यहाँका स्थानीय निकै खुशी छन ।  घरमै जडित धाराबाट पानी आउन थालेपछिको खुशी बाँड्दै डुव्रिङ गाउँकी कमला विक भन्नुहुन्छ — “पानी आएपछि दुख मात्र होईन दैनिकी समेत वदलिन थालेको छ ।”

डुव्रिङ अन्तर्गतका ठुलो गाउँ, भित्तेबारी टोल र काफलवाङ टोलका घरघरमा धारा पु¥याईएपछि कमला लगाएत सबै उपभोक्तामा खुशीको रौनक देखिन्छ । विगतमा असुरक्षित मुहानबाट धमिलो पानी गाग्रीमा हाल्न बाध्यकारी अवस्था पार गरेकी डुव्रिङकै अर्की गृहेणी डिला विक पनि विगतका दुख विसाउने प्रयास गर्दै अव घरमै आएको पानीलाई सही सदुपयोग गर्न पाउदा खुशी भएको बताउनुहुन्छ ।

नेपाल सरकारको सहयोग, स्थानीयको जनश्रमदान लगाएतबाट झण्डै छ२ लाखको लागतमा अन्तिम चरणमा पुगेको उक्त डुव्रिङ खानेपानी उपआयोजनाले तीन गाउँमा मात्र नभएर अन्य टोलमा पनि पानीको सहज उपलव्ध गराउने प्रयासमा रहेको बताएको छ । उपआयोजनाका अध्यक्ष गोविन्द घर्तीले उक्त आयोजना २०७१ सालबाट सुरु भएको बताउनुभयो ।

आयोजना अहिले अहिले अन्तिम चरणमा पुगेको बताईएको छ । उपआयोजनाका अध्यक्ष घर्तीका अनुसार अहिलेसम्म झण्डै ८० घरधुरीले उपभोक्ताका घरघरमा विहानको समयमा पानी छाड्दै आईएको छ । आफुहरुको लामो प्रयासछि अव सबैेले सफा पानी पिउन पाउने घर्तीले बताउनुभयो ।

साविकको वडा नं ४ देखी उत्तरी पुर्व र होेलरी नजिकै रहेको चन्दन खोलामा पानीको मुहान संरक्षण गरेर राखिएको छ । खानेपानीको समस्याबाट अव उपभोक्ताहरुलाई सहज भएको मात्र भएको छैन करेसाबीमा दैनिक चाहिने तरकारी फलाउन पनि सहज भएको छ त्यहाँका स्थानीयलाई ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ