Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेख दुर्घटनाको छानबिन गर्न समिति गठन

२०७४, १२ फाल्गुन शनिबार ०७:४९

फागुन १२, सुर्खेत । ६ नं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दैलेखमा भएको जिप दुर्घटनाको सत्य तथ्यको छानबिनको लागि समिति गठन गर्नुभएकोछ । 

मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझको दुर्घटनाबारे छानबिन गर्नका लागि आज एक समिति गठन गर्नुभएको हो । 


घटनाको सत्यतथ्य छानबिन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो । 

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर वली, सडक डिभिजन कार्यालय सुर्खेतका प्रतिनिधि, यातायात कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सर्खेतका प्रतिनिधि, ट्राफिक कार्यालयका प्रतिनिधि र मन्त्रालयका अधिकृत प्रतिनिधिलाई सदस्य तोकिएको छ । 

समितिले दुर्घटनाका कारण खोजी गरी त्यसको न्यूनीकरण गर्न मन्त्रालयमा सिफारिस सहितको प्रतिवेदन पेश गर्ने र त्यसैका आधारमा आवश्यककार्य गरिने बताइएको छ । 

बिहीबार साँझ दैलेखमा भएको जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने चारजना गम्भीर घाइते भएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश