2026-09-15 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मानव वेचबिखन रोकथामका लागि स्थानीय समितिद्वारा सिमा गस्ती

विमल धामी/फागुन १२, कञ्चनपुर । कञ्चपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मानव वेचबिखन ओसार पसार विरुद्धको स्थानीय समितिले मानव बेचविखनमा कमी ल्याउन सिमा गस्ती गर्न थालेको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्र भारत संग जोडिएको खुल्ला सिमाना भएका कारण मानव तस्करले जतिवेला पनि यी नाका प्रयोग गर्न सक्ने भन्दै बेल्डाँडीको एरियामा पर्ने अफ्ना खुल्ला नाकाहरुमा स्थानीय समितिले माईती नेपाल कञ्चनपुर र प्रहरीको सहयोगमा गस्ती गर्न थालेको हो ।

मानव बेचविखन ओसार पसार नियन्त्रण स्थानीय समितिका अध्यक्ष धन बहादुर थापाको अगुवाईमा सिमा गस्ती गरिन थालेको महिला बिकास बेल्डाँडी शाखाका संयोजक कमला जोशीले जानकारी गराउनु भयो । बेल्डाँडी गाउँपालिका लाई छोएको सिमानामा २७ देखी ३२ नं. पिल्लर रहेको झिलमिला प्रहरी चौकी ईन्चार्ज जय सिह भण्डारीले जानकारी गराउनु भयो ।

वहाँका अनुसार ‘बेल्डाँडी गाउँपालिका खुल्ला नाका भएकाले यहाँका अधिकांस नागरिक दैनिक मजदुरी गर्न २०० को हारारहरीमा  भारत जाने गरेको बताए ।’ भारत बाट पनि नेपालमा दैनिकी उपभोग्य सामान बेच्न नेपाल आउनेको डाटाहरु आफुले राख्ने गरेको जनाउनु भयो । उनले भने उनीहरुको डाटा राख्नाले पनि उनीहरुले बदमासी गर्न नसक्ने बताउनु भयो । 

नेपालमा बेरोजीका कारण दैनिकी गुजारा गर्न सिमा पार जानु पर्ने सिमामा बस्ने स्थानीयको भनाई रहेको छ । सरकारले आफुहरुका लागि आयमुलक केही कार्यक्रम ल्याए सिमा पार नजानु पर्ने वहाँहरुको बझाई रहेको छ ।

बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले भने सिमा क्षेत्रका नागरिकहरुका लागि नयाँ बजेटमा धेरै भन्दा धेरै आय मुलक कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने बताउनु भयो । दैनिकी गुजारा गर्न सिमा पार जानेहरुको संख्या घटाउने बताउनु भयो । दैनिकी मजदुरी गर्न जाने तर कुनै दिन फर्केर नआउने जस्ता समस्या यहाँ देखिदै आएको बताए । यस्तो सिमामा हुने गस्तीले स्थानीयमा खुसी छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ