२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी हुँदैन: झा

२०७४, १२ फाल्गुन शनिबार ११:५९

फागुन १२, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं, अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको छैन ।’


हिजोको दिनमा संविधान संशोधन भैरहँदा संशोधन गर्नै हुँदैन भनेर क्रान्तिकारी भाषण गर्ने र दुई तिहाई पुर्याउन नदिने दल नेकपा एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै झाले भने,‘हामी त संशोधनको पक्षधर हौं, तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि ईच्छुक हुनुहुन्छ कि हुनुहुँदैन् ? उहाँहरुसँग अहिले प्रचण्ड बहुमत छ, हामी पनि भयौं भने दुई तिहाई भन्दा बढि बहुमत हुन्छ।’

झाले एमाले–माओवादीसहित राजपा र फोरम पनि मिल्यो भने संशोधनको लागि प्रचण्डभन्दा प्रचण्ड बहुमत पुग्ने र संविधान संशोधन रातारात हुने अर्थात तुरुन्त हुने विश्वास दिलाए । उनले संशोधन नगरी आफूहरु सरकारमा नजाने अडान दोहोर्याए ।

उनले भने,‘हामीलाई सरकारमा जान कुनै हतारो छैन, अहिले हामीले सरकारमा जानेबारे सोचेको पनि छैन, सरकारमा त्यतिकै सहभागी भयौं भने जनताले के भन्छन् ? तपाई पत्रकारहरुले के भन्नुहुन्छ ? हामी संशोधन पक्षधर भएकोले राजपा र फोरमले दायाँबायाँ गर्ने अवस्था छैन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन