Skip to content
Friday, July 17, 2026 Nepali Online Media

व्यक्तिगत सहयोगबाट निर्मित विद्यालय भवनको उद्घाटन

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

फागुन १२, अर्घाखाँची | श्री लक्ष्मी आधारभुत विद्यालय भुमिकास्थान नगरपालिका वडा नं. ४ फलामखिल्जी अर्घाखाँचीमा व्यक्तिगत सहयोगवाट नव निर्मित ३ कोठे पक्की भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तथा हाल जापानमा व्यवसाय संचालन गर्दै आउनुभएका टोम बहादुर घर्ति मगर, उहाकी श्रीमति रेककला घर्ति मगर र छोरा ज्योतिष घर्ति मगरको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम बहादुर थापा, जिल्ला शिक्षा अधिकारी लिला बहादुर राउत क्षेत्री, भुमिकास्थानका नगर शिक्षा अधिकृत मणिराम पराजुली, जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका विद्यालय निरीक्षक चोपलाल बेल्वासे, जिल्ला शिक्षाका नारायण प्रसाद पन्थी, चुमान सिहं थापा, भु.न.पा–४ का वडा अध्यक्ष बाबुराम सुनार, नेपाल पत्रकार महासंघ अघाखाँचीका कोषाध्यक्ष विनोद गैरे, स्थानीय समाजसेवी, बुद्धिजिवी तथा राजनैतिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।

नव निर्मित विद्यालय भवनको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम बहादुर थापाले विद्यालयलाई सहयोग गर्ने टोम बहादुर घर्ति मगरको परिवारलाई धन्यवाद दिदै शैक्षिक क्षेत्रमा उहाँको परिवारले पुर्याएको योगदान अत्यान्तै महत्वपूर्ण भएकोले सहयोगको उच्च मुल्याङ्कन गर्दै उहाँहरसलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिला बहादुर राउत क्षेत्रीले आफुले पसिना वगाएर कमाएको रकमवाट विद्यालय भवन निर्माण गर्नु सामान्य कुरा नभएको उल्लेख गर्दै वालवालिकाहरुलाई सुविधा सम्पन्न भवनमा सहज र सुरक्षित तवरवाट गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गरीदिएकोमा सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

विद्यालय भवनको भुमिकास्थान नगरपालिका वडा नं. ४ टोम बहादुर घर्ति मगर, रेककला घर्ति मगर र ज्योतिष घर्ति मगरको ३१ लाख ५७ हजार ३ सय २० रुपैंया सहयोगमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सहयोग दाताहरुलाई जिल्ला शिक्षा अधिकारी लिला बहादुर राउत क्षेत्री, भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम बहादुर थापा लगायतका विशिष्ट अतिथिहरुले टिका, माला दोसल्ला तथा प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।

सम्मान ग्रहण पश्चाप प्रमुख अतिथिको तर्फवाट मन्तव्य राख्दै ज्योतिष घर्ति मगरले आफु व्यवसायीक सिलसिलामा जापान भएता पनि यस क्षेत्रको चौतर्फी विकासको लागि सदैभ होष्टेमा हंैसे गर्दै आगामी दिनहरुमा पनि धेरै विकास निर्माणको क्षेत्रमा अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आफु पनि यस विद्यालयको पूर्व विद्यार्थी भएकोले विद्यालयको जिर्ण भवन, असुरक्षित तवरले सानासाना भाईबैनीहरुले लिइरहेको शिक्षा देख्दा मलाई यहाँ सम्म ल्याई पुर्याउने विद्यालयलाई मैले लगानी गरी सुविधा सम्पन्न बनाउनु पर्दछ भन्ने हेतुले आफुहरुले यो विद्यालय भवन निर्माण गरेको जानाकारी दिनुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमलाल आलेको अध्यक्षता शिक्षिका पवित्रा आलेको स्वागत तथा प्रधानाध्यापक चोपलाल घर्तिको संचालनमा सम्पन्न भएको थियो ।