२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सुखी नेपाली, समृद्ध नेपाल निर्माणको सपना साकार’ : खनाल (भिडियो सहित)

२०७४, १२ फाल्गुन शनिबार १४:४०

प्रज्वल पौडेल । फाल्गुन १२, काठमाण्डौ | नेकपा एमाले बरिष्ठ नेता झलनाथ खनालले 'सुखी नेपाली समृद्ध नेपाल निर्माणको सपना साकार' हुने बताउनुभएको छ । उहाँले यस पटकको निर्वाचनमा एमाले पहिलो भएको र वामगठबन्धनको बहुमत रहेकाले देशमा लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा कार्यान्यन गर्दै देशमा अव आउने परिवर्तनको नेतृत्व गर्ने धारणा राख्‍नुभयो । नेकपा एमाले रामेछाप काठमाण्डौ सम्पर्क मञ्‍चले राजधानीमा गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।


उहाँले निर्वाचनमा वामगठबन्धनले ऐतिहासिक सफलता हासिल गरेको धारणा राख्‍नुभयो । उहाँले भन्‍नुभयो – 'अहिलेको सफलताले नेपाल कम्युनिष्ट आन्दोलन, लोकतान्त्रीक आन्दोलन, सम्पूर्ण नेपाली जनताको र नेपाल राष्ट्रको सफलता भएको छ ।'


नेता खनालले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्‍न नसक्‍ने बताउनुभयो । विभिन्न कालखण्डमा दुइ पार्टीबीच उतारचढाव आएपनि संसदको निर्वाचनको संघारमा दुइपार्टीबीच कार्यगत एकता सँगै अहिले पार्टी एकताको प्रक्रियाको अन्तिम चरणमा पुगेको बताउनुभयो । समाज र राष्ट्रमा आएको परिवर्तनले दुइ पार्टीलाइ एक स्थानमा ल्याएको दाबी गर्दै उहाँले एक अर्काको मत भिन्नतालाइ कम गर्दै विभिन्न घडीमा सरकारमा सँगै रहँदा आत्मियता बढेकाले एकता सम्भव भएको धारणा राख्‍नुभयो । 

सम्पर्क मञ्‍चका अध्यक्ष बद्री भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेता खनाललाइ सम्मान समेत गरिएको छ । भने नेता खनाल मार्फत रामेछापका ४ जना सांसदलाइ सम्पर्क मञ्‍चले सम्मान समेत गरेको छ । सांसदहरुले रामेछापको विकास निर्माणमा एकताबद्ध भएर जनताले परिवर्तनको महसूस गर्ने गरी काम गर्ने बताएका छन् ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा