२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाद्वारा उत्तर कोरिया विरुद्ध आक्रमण – प्योङयाङ

२०७४, १३ फाल्गुन आईतवार ०४:०४

फागुन १३, प्योङयाङ | अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ । 

उत्तर कोरियाको केन्द्रिय समाचार संस्था (केसिएनए) तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित भएको समाचारमा “अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५मा प्रकाशित अङ्कमा वासिङटनले आफ्नो गुप्तचर क्षमतालाई एक पटक कोरियाली प्रायद्वीपविरुद्ध प्रयोग गर्न लागिएको” बताइएको छ । 

अमेरिकी केन्द्रीय गुप्तचर निकायजस्ता संस्था अहिले साइबर हमलाको तयारीमा रहेका र यसका लागि अमेरिकाको अर्बौ डलर बराबरको खर्च गरिन लागेको दावी उत्तर कोरियाको छ । यसका लागि विज्ञहरूलाई तालिमसमेत दिइसकिएको उत्तर कोरियाले जनाएको छ । 

एनबिसी, ब्लुमवर्ग न्यूज तथा वासिङ्टन पोष्टजस्ता अमेरिकी सञ्चारमाध्यमले ‘साइबर आतङ्क’ र यसका कारण अमेरिकालाई उत्तर कोरियाबाट ‘खतरा’ बारेमा लेखेका कारण प्योङयाङविरुद्धको अमेरिकी कदम व्यवहारिक कार्यान्वयनको चरणमा रहेको उत्तर कोरियाली अधिकारीले बताएका छन् । 

अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासका क्रममा ठूलो सङ्ख्यामा साइबर युद्ध विज्ञलाई पठाइएको केसिएन्एले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै