2026-09-24 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा कार्यरत नेपाली कामदारलाई खुशीको खबर !

फागुन १४, काठमाडौं । युएईमै काम गरिरहेका नेपालीसहित विदेशी कामदारले काम परिवर्तन गर्दा चारित्रिक प्रमाण पत्र (प्रहरी रिपोर्ट) नचाहिने भएको छ । 

युएई जाने नयाँ विदेशी कामदारले श्रम स्वीकृति लिनका प्रहरी रिपोर्ट बुझाउनु पर्ने भए पनि युएईमै काम गरिरहेका विदेशी कामदारले स्पोन्सर परिवर्तन गर्दा भिसाका लागि प्रहरी रिपोर्ट नचाहिने त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

युएईको अध्यागमन विभागलाई उद्धृत गर्दै गल्फ न्युजले स्पोन्सर परिवर्तन गर्दा भिसाका लागि प्रहरी रिपोर्ट नचाहिन जनाएको हो ।

युएईमा काम गर्ने जान चाहनेले आङ्खनै देशबाट वा अरु देशमा ५ वर्षदेखि बसिरहेको भए त्यही देशबाट जारी चारित्रिक प्रमाणपत्र पेस गर्नुपर्छ । 

नयाँ कामदार लागि यो नियम ४ फेबु्रअरी अथवा २१ माघबाट लागू भएको हो ।उक्त प्रमाणपत्र सम्बन्धित मुलुकमा रहेको युएईको कूटनीतिक नियोग वा युएईको विदेश मन्त्रालयले प्रमाणीकरण गरेको हुनुपर्ने छ । 

युएई जाने नेपालीको दूताबासमा भीड

त्यस्तै प्रहरी रिपोर्ट बनाउनदेखि प्रमाणीकरण गर्न कामदारले निकै सास्ती बेहोर्न बाध्य भएको पाइएको छ । कामदारहरूमाथि थप आर्थिक भारसमेत थपिएको छ । 

अहिले काठमाडौंको पानीपोखरीमा अवस्थित युएईको दूताबासमा पुलिस रिपोर्ट प्रमाणीकरण गर्नेको भीड प्रत्येक दिन बिहानैदेखि नै लाग्ने गरेको छ । 

लाइनमा बस्ने युवायुवतीहरू दूताबासले झन्झटिलो र अनावश्यक दुःख दिएकोमा आक्रोशसमेत व्यक्त गर्ने गरेका छन् । नेपाल सरकारले भने यस विषयमा अहिलेसम्म आङ्खनो धारणा बाहिर ल्याएको छैन । -इप्रभावबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट