२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानमारका प्रतिनिधिमण्डलसित अन्तरक्रिया

२०७४, १४ फाल्गुन सोमबार ०८:१०

फागुन १४, काठमाडौँ | स्थानीय सुशासन र जवाफदेहीताका विभिन्न अभ्यास र सिकाइहरूका बारेमा म्यान्मारले अभिरुची देखाएको छ । 

नेपाल भ्रमणमा रहेको म्यान्मारका मन्त्री, सांसद एवं तानिन्थारीका स्थानीय सरकारका अधिकारी, नगर, गाउँ र वडाका प्रतिनिधिहरूले आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालले हासिल गरेको अनुभव म्यान्मारका लागि निकै उपयोगी रहने धारणा राखेको थियो । प्रतिनिधिमण्डलमा १३ जना उच्च अधिकारीहरुको सहभागिता रहेको छ । 

नेपाल सहभागिता समूह(नेपान)ले आयोजना गरेको सो अन्तरक्रियामा पूर्व सभासद कृष्णप्रसाद सापकोटा र सुशासन विज्ञ गोविन्द न्यौपानेले क्रमशः स्थानीय शासन र सामाजिक जवाफदेहिता विषयमा प्रकाश पार्नुभएको थियो । 

छलफलमा उठेको प्रश्नहरूको नेपानका संस्थापक सदस्य सञ्जय राणा र निवर्तमान अध्यक्ष उत्तम उप्रतीले स्पष्ट पार्नुभएको थियो । 

सो अवसरमा सामाजजिक जवाफदेहिताको विषयमा नेपानले गरेको परियोजनाका बारेमा परियोजना अधिकृत दिवेश सायमीले जानकारी गराउनु भएको थियो । 

नेपानका अध्यक्ष चेतनाथ कणेल र कार्यकारी निर्देशक फटिक थापाले आगामी दिनमा नेपान र म्यानमारबीच सहकार्य गरिने बताउनुभयो । 

म्यानमारका मन्त्री उ फ्यो विन तुनले भगवान बुद्धको फ्रेमसहितको तस्बिर नेपानलाई उपहार दिँदै नेपाल धार्मिक हिसाबले पनि म्यान्मारका जनताका लागि पूण्य भूमि रहेको उल्लेख गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज