फागुन १४, काठमाडौं । ओमानले भिजिट र एक्सप्रेस भिसा प्रक्रिया अनलाइनबाट गर्ने व्यवस्था ल्याउने भएको छ ।
ओमान जानेका लागि विमानस्थलमा भिसाका लागि लामो समय लाइन बस्नुपर्ने समस्या समाधन गर्ने भन्दै यो व्यवस्था ल्याइएको ओमानले जनाएको छ । यो व्यवस्था आउँदो २१ मार्चबाट लागु हुनेछ । \

रोयल ओमान पुलिसको वेवसाइटबाट भिसा प्रक्रियाका लागि निवेदन दिन सकिने छ । आवश्यक कागजपत्र पनि अनलाइन फारम भर्दा सँगै राख्नुपर्ने रोयल ओमान पुलिसले जनाएको छ ।
भिसाका लागि तिर्नुपर्ने शुल्क डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी आधिकारीक ठाउँबाट बुझाउनु पर्नेछ । पैसा बुझएपछि भिसाको बारेमा जानकारी इमेल मार्फत आउने छ । भिसा लागेको इमेल नै प्रिन्ट गरेर विमानस्थलमा देखाउन सकिने छ ।