२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटन र जलस्रोत विकासका प्रमुख आधार

१४ फाल्गुन २०७४, सोमबार १०:२७

पोखरा १४, फागुन | चीनको कोराला नाकादेखि भारतको सीमाना सुस्ता पूर्वसम्म फैलिएको प्रदेश नं ४ को समृद्धि र विकासको प्रमुख आधार पर्यटन र जलस्रोत देखिएको छ । 

सुन्दर हिमाल, ताल, नदी, पदमार्ग तथा गुफा जस्ता प्राकृतिक पर्यटकीय सम्पदाका साथै यहाँका नदीनाला, जलविद्युत् र कृषि विकासका लागि सिँचाइ यस क्षेत्रको समृद्धिको महत्वपूर्ण आधार बन्ने पोखरामा आयोजित एक कार्यक्रममा वक्ताले जोड दिनुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिकाद्वारा आयोजित ‘प्रदेश नं ४ का आर्थिक तथा व्यावसायिक सम्भाव्यता र विकासका प्राथमिकता’ विषयक प्रादेशिक बहसमा सम्भावनालाई उजागर गर्दै निजी क्षेत्र र राज्यबीच परस्पर मैत्रीपूर्ण सम्बन्धका साथ एकअर्काका परिपूरक बन्दै जानुपर्नेमा वक्ताको जोड थियो । 

प्रदेश नं ४ मा पर्यटन जलस्रोत, कृषि आदि आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । 

“यो प्रदेश खनिज पदार्थ पर्याप्त भएको क्षेत्र हो,” उहाँले भन्नुभयो, “विकासका दृष्टिले हामी शून्य धरातलमा छौँ, सर्वप्रथम सही तथ्याङ्क केलाएर मात्र विकासका योजना अघि बढाउनुपर्छ ।” 

प्रदेश नं ४ मा खेल पर्यटनको विकास गर्न सकिने उहाँले बताउनुभयो । प्रदेशको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न मन्त्रिपरिषद् तयार रहेको बताउँदै उहाँले लगानी मैत्री वातावरण तयार गरिनेमा जोड दिनुभयो । 

गुरुयोजनाको आधारमा विकास गरिएको सहर व्यवस्थित हुनेमा जोड दिँदै डा गोविन्दबहादुर थापाले यस प्रदेशमा रहेका प्राकृतिक सम्पदाको भरपुर उपयोग गरिनुपर्ने बताउनुभयो । हिमाल, ताल, नदीनाला, पदमार्ग, गुफा र सुन्दर गाउँ प्रदेशका पर्यटकीय आकर्षण भएको बताउँदै उहाँले भन्नुभयो, “तनहुँ, लमजुङ हुँदै मनाङको थोराङपास गरी मुस्ताङ हुँदै पोखरा फर्कने विश्व प्रसिद्ध पदयात्रा मार्ग यस प्रदेशमा हुनु सुखद कुरा हो, प्रदेशले यसको भरपुर फाइदा उठाउनुपर्छ ।” 

प्रदेश नं ४ को समृद्धिका लागि जलस्रोत अर्को महत्वपूर्ण आधार भएको बताउँदै उहाँले विद्युत्का साथै सिँचाइ, मत्स्यपालनका पनि धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो । 

परिवर्तित राज्य व्यवस्थाअनुसार आर्थिक विकास र समृद्धिको यात्रा स्थानीय तहबाट शुरु गर्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी नेपाल उद्योग वाणिज्य महासंघले प्रादेशिक आर्थिक बहसको थालनी गरेको महासंघकी केन्द्रीय अध्यक्ष भवानी राणाले बताउनुभयो । 

“आर्थिक जागरण स्थानीय र प्रदेश तहबाट ल्याउनु आवश्यक छ,” उहाँले भन्नुभयो, “पर्यटन, जलस्रोत एवं उद्यमशीलताको विकासका माध्यमबाट प्रदेश नं ४ लाई समृद्ध बनाउन सकिन्छ ।” 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ४ का संयोजक सञ्जीवबहादुर कोइरालाले सम्भावना नै सम्भावनाको यस प्रदेशलाई आत्मनिर्भर प्रदेशका रुपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो । प्रदेशमा लगानी मैत्री वातावरण तयार गरिनु आवश्यक भएको बताउँदै उहाँले प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताउनुभयो । 

अर्थ राजनीतिक विश्लेषक झलक सुवेदीले यस प्रदेशमा आर्थिक समृद्धिको बाटो सबैतिर खुलेको बताउँदै त्यसलाई केलाएर अघि बढ्न सक्नुपर्ने धारणा राख्नुभयो । 

प्रा डा यादव शर्मा गौडेलले ११ वटा जिल्लामा समेटिएको प्रदेश नं ४ मा रहेका पर्यटन, जलस्रोत जस्ता क्षेत्रको विकास गर्दै यहाँका खास आयआर्जनका स्रोतको पहिचान गरी अघि बढ्नुपर्ने बताउनुभयो । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै सरकार साझेदारीका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम