2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटन र जलस्रोत विकासका प्रमुख आधार

पोखरा १४, फागुन | चीनको कोराला नाकादेखि भारतको सीमाना सुस्ता पूर्वसम्म फैलिएको प्रदेश नं ४ को समृद्धि र विकासको प्रमुख आधार पर्यटन र जलस्रोत देखिएको छ । 

सुन्दर हिमाल, ताल, नदी, पदमार्ग तथा गुफा जस्ता प्राकृतिक पर्यटकीय सम्पदाका साथै यहाँका नदीनाला, जलविद्युत् र कृषि विकासका लागि सिँचाइ यस क्षेत्रको समृद्धिको महत्वपूर्ण आधार बन्ने पोखरामा आयोजित एक कार्यक्रममा वक्ताले जोड दिनुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिकाद्वारा आयोजित ‘प्रदेश नं ४ का आर्थिक तथा व्यावसायिक सम्भाव्यता र विकासका प्राथमिकता’ विषयक प्रादेशिक बहसमा सम्भावनालाई उजागर गर्दै निजी क्षेत्र र राज्यबीच परस्पर मैत्रीपूर्ण सम्बन्धका साथ एकअर्काका परिपूरक बन्दै जानुपर्नेमा वक्ताको जोड थियो । 

प्रदेश नं ४ मा पर्यटन जलस्रोत, कृषि आदि आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । 

“यो प्रदेश खनिज पदार्थ पर्याप्त भएको क्षेत्र हो,” उहाँले भन्नुभयो, “विकासका दृष्टिले हामी शून्य धरातलमा छौँ, सर्वप्रथम सही तथ्याङ्क केलाएर मात्र विकासका योजना अघि बढाउनुपर्छ ।” 

प्रदेश नं ४ मा खेल पर्यटनको विकास गर्न सकिने उहाँले बताउनुभयो । प्रदेशको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न मन्त्रिपरिषद् तयार रहेको बताउँदै उहाँले लगानी मैत्री वातावरण तयार गरिनेमा जोड दिनुभयो । 

गुरुयोजनाको आधारमा विकास गरिएको सहर व्यवस्थित हुनेमा जोड दिँदै डा गोविन्दबहादुर थापाले यस प्रदेशमा रहेका प्राकृतिक सम्पदाको भरपुर उपयोग गरिनुपर्ने बताउनुभयो । हिमाल, ताल, नदीनाला, पदमार्ग, गुफा र सुन्दर गाउँ प्रदेशका पर्यटकीय आकर्षण भएको बताउँदै उहाँले भन्नुभयो, “तनहुँ, लमजुङ हुँदै मनाङको थोराङपास गरी मुस्ताङ हुँदै पोखरा फर्कने विश्व प्रसिद्ध पदयात्रा मार्ग यस प्रदेशमा हुनु सुखद कुरा हो, प्रदेशले यसको भरपुर फाइदा उठाउनुपर्छ ।” 

प्रदेश नं ४ को समृद्धिका लागि जलस्रोत अर्को महत्वपूर्ण आधार भएको बताउँदै उहाँले विद्युत्का साथै सिँचाइ, मत्स्यपालनका पनि धेरै सम्भावना रहेको उल्लेख गर्नुभयो । 

परिवर्तित राज्य व्यवस्थाअनुसार आर्थिक विकास र समृद्धिको यात्रा स्थानीय तहबाट शुरु गर्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी नेपाल उद्योग वाणिज्य महासंघले प्रादेशिक आर्थिक बहसको थालनी गरेको महासंघकी केन्द्रीय अध्यक्ष भवानी राणाले बताउनुभयो । 

“आर्थिक जागरण स्थानीय र प्रदेश तहबाट ल्याउनु आवश्यक छ,” उहाँले भन्नुभयो, “पर्यटन, जलस्रोत एवं उद्यमशीलताको विकासका माध्यमबाट प्रदेश नं ४ लाई समृद्ध बनाउन सकिन्छ ।” 

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ४ का संयोजक सञ्जीवबहादुर कोइरालाले सम्भावना नै सम्भावनाको यस प्रदेशलाई आत्मनिर्भर प्रदेशका रुपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो । प्रदेशमा लगानी मैत्री वातावरण तयार गरिनु आवश्यक भएको बताउँदै उहाँले प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताउनुभयो । 

अर्थ राजनीतिक विश्लेषक झलक सुवेदीले यस प्रदेशमा आर्थिक समृद्धिको बाटो सबैतिर खुलेको बताउँदै त्यसलाई केलाएर अघि बढ्न सक्नुपर्ने धारणा राख्नुभयो । 

प्रा डा यादव शर्मा गौडेलले ११ वटा जिल्लामा समेटिएको प्रदेश नं ४ मा रहेका पर्यटन, जलस्रोत जस्ता क्षेत्रको विकास गर्दै यहाँका खास आयआर्जनका स्रोतको पहिचान गरी अघि बढ्नुपर्ने बताउनुभयो । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै सरकार साझेदारीका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल