२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोबार

१४ फाल्गुन २०७४, सोमबार १२:२४

फागुन १४, भक्तपुर | भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ । 

अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं ६ बस्ने ३० वर्षीय आशिष कार्की, सिन्धुपाल्चोक साँगाचोक नगरपालिका वडा नं ९ बस्ने ३० वर्षीय रमेशबहादुर खत्री, सिन्धुपाल्चोककै भोटसिपा– ३ बस्ने ३९ वर्षीय धन भनिने दीपक श्रेष्ठ, खोटाङ फेदी– १ बस्ने २२ वर्षीय दौलत राई, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं ५ बस्ने २४ वर्षीय सुमन तामाङ र भक्तपुर नगरपालिका वडा नं ६ बस्ने २४ वर्षीय विकेश पहरी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

प्रहरीले उनीहरुका साथबाट फेनरगान २१ थान तथा डाइजेल्याब र नुफिन १९–१९ थान बरामद गरेको छ । भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित सिद्धपोखरी, आसपासका क्षेत्र र भक्तपुर अस्पतालको चौरलाई लागुपदार्थ कारोवारीले प्रयोग गर्दै आएको सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अभियुक्तलााई आजै लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की