Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरियाले आगामी वर्ष ७ हजार नेपाली कामदार लैजाने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन-१५, काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत दक्षिण कोरिया लैजाने कामदारको कोटा निर्धारण गरेको छ ।  कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९ का लागि ७ हजार कामदारको कोटा सिलिङ तोकिएको जानकारी इपीएस कोरिया शाखालाई गराएको हो  । यो जानकारीसंगै रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१९ मा ७ हजार नेपाली कामदार रोजगारीका लागि दक्षिण कोरिया जान पाउनेछन ।

आगामी वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ २ हजार र उत्पादनमूलक क्षेत्रतर्फ करिब ५ हजार परीक्षार्थी उर्तीण हुने इपीएस कोरिया शाखाले जनाएको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१९ को कोरियन भाषा परीक्षाको फारम चैत दोस्रो सातामा खुल्नेछ । गत वर्षजस्तै यसपटक पनि अनलाइनबाट  फारम भर्न सकिनेछ ।

जेठको अन्तिम सातामा हुने  इपीएस भाषा परीक्षा तालिका शाखाले इपीएस परीक्षा आवेदन फारम संकलन गरेपछि प्रकाशित गर्नेछ ।

सन् २०१८को लागि १० हजार १ सय कामदारको सिलिङ दिएको कोरियाले १२ हजार १ सय ८ जना परीक्षार्थीलाई भाषा परीक्षामा पास गराएको थियो ।