2026-09-14 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा

फागुन १८, दाङ | यहाँ पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ । 

दाङको लमहीमा रहेको फ्लोरेन्स अस्पतालले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रको लगानीमा सञ्चालन भएको अस्पतालले रु २० लाख खर्च गरेर एम्बुलेन्स सञ्चालन गरेको हो । 

एम्बुलेन्समा डाक्टरसहित इमर्जेन्सी औषधि, मुटुको चाल थाहा पाउने मेसिन, फोक्सोलाई दिइने कृत्रिम अक्सिजन, नेबुलाइजर, रक्तचाँप जाँच्ने व्यवस्थासहित सुविधा रहेको अस्पतालका डाक्टर पुष्प भुसालले जानकारी दिनुभयो । 

यसले गर्दा यहाँका बिरामीलाई सहज हुने बताइएको छ । सो एम्बुलेन्सको बिहीबार एम्बुलेन्स सञ्चालन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र सदस्य सचिव जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले निरीक्षण गरी एम्बुलेन्स सञ्चालनको स्वीकृति दिनुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ