2026-08-29 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

होली अर्थात ‘होरी’को रौनकता

गीता कुवर/फागुन १८, अछाम | होरी पर्व अछामीहरुले परापूर्वकालदेखि नै मनाउँदै आएका छन् । होलीलाई यहाँको भाषामा ‘होरी’ भन्ने गरिन्छ । दशैँ तिहारमासमेत घर नफर्किने यहाँका स्थानीयवासी यतिबेला घर फर्किएर होरी खेलमा सहभागी हुनेगर्दछन् । 

भारतका रोजगार गर्दे आएका ज्योति लुहार र उहाँका छोरा भरत लुहार घर आउनुभएएको छ । होरी खेल्नेकै लागि भनी एक वर्षपछि उहाँका बाबुछोरा भारतबाट गाउँ आएका हुन् । 

“हामीलाई दशंै तिहार जस्ता चाडपर्वले कुनै अर्थ राख्दैन, ज्योति लुहारले भन्नुभयो,– “होरीमा आफ्ना परिवार दाजुभाइ सबैसँग भेटघाट हुन्छ, दुःखसुख साटासाट हुन्छ, दाजुभाइसँग होरी खेलमा सहभागी हुन पाउँदा भारतमा नोकरी गर्दा पाएका सबै दुःख, पिर बिर्सिने गर्छौं”। 

यस अवसरमा जिल्लाका गाउँगाउँमा होरी खेल खेलिन्छ, आफन्त, इष्टमित्र, परिवारसँग सुमधुर भेटघाट हुने गर्दछ । यस क्षेत्रका बुढापाकाका अनुसार अछाममा करिब ३०० वर्ष अघिदेखि होरी खेल्ने प्रचलनको प्रारम्भ भएको र करिब ४० वर्ष पहिले यसको पारम्परिक गीतको लय स्थानीयवासीको जनजिब्रोमा बोलिने भाषामा गीतको रचना गरी स्थानीयकरण गरिएको थियो । 

होरी खेलको पहिरन पनि विषेश प्रकारको हुन्छ । होरी खेल्ने पुरुषले सेतो भोटोसहित जामा, पछाडी कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युमा एउटा सेतो च्यादर जस्तो पहिरनुपर्छ । टाउकोमा पगरी बाँध्नुपर्छ । त्यसैगरी आ–आफ्ना दिदीबहिनी, श्रीमती, आमाले उनेर ल्याएका माला पहिराइदिने गर्दछन् । 

होरी खेलखेल्दै गर्दा बीचबाट एकजनाले लयात्मक देउडा गाउने गर्दछन् र त्यही गीतलाई खेलमा सहभागीले गाउने गर्दछन् । होरी खेल प्रारम्भ गर्नुलाई “पैट्याउनु” भनिन्छ । 

हरेक वर्ष होरीमा देउडा गाउँदै आउनुभएका प्रभा धम्कोटका पूर्व प्रधानाध्यापक कुलबहादुर कँुवर लामो समयदेखि भेटघाट हुन नपाएका दाजुभाइ एकै ठाउँमा भेला भएर भलाकुसारी गरी होरी खेल्ने गरिन्छ त्यसैले पनि यो पर्वलाई निकै महत्वपूर्णरुपमा लिने गरेको बताउनुहुन्छ । 

“एक हप्ता अघिदेखि नै होरी खेल्ने गरिन्थ्यो र पूर्णिमाको दिन समापन गरिन्थ्यो तर केही वर्षयतादेखि होरी खेल्ने प्रांगणमा छिटफुट रुपमा मात्र पुरुष जामा लगाए खेल्न आउँछन्, पछिल्लो समय कम हुँदै जान थालेको छ उहाँले भन्नुभयो–“यहॉ भएका पुरुष जति रोजगारका लागि विदेशिएका छन् गाउँघरमा बुढापाका मात्र छन्, अबका युवाले आफ्नो लोक संस्कृति जगेर्ना गर्नको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।” 

होरीमा गाइने देउडा रामायणबाट शुरुवात हुन्छ । यो खेल नेपालको चारधाममध्येको एक धाम वैधनाथ धाममा महाशिवरात्रिको मेलाको भोलिपल्ट बिहान मन्दिरको प्रांगणमा देउडा खेली होरी खेलको शुभारभ्भ गर्ने गर्दछन् । गाउँमा महाशिवरात्रिपछिको अष्टमीदेखि एकादशी तिथिको कुनै एक दिनमा आ–आफ्नो पट्कानीमा होरी पैट्याउने सल्लाहअनुसार खलिफाले त्यो दिनबाट बेलुका होरी खेल्ने प्रागणमा बाजा “ढोल” बजाउन थाल्छ । ढोल बज्न थालेपछि खेल्ने र दर्शक त्यहाँ भेला हुने गर्दछन् । गोलो घेरा बनाई होरी खेल्ने गर्दछन् । 

वास्तवमा होरी खेलको उद्गमस्थल ‘कुमाउ गढवाल’ नै हो । विसं १७५० को आसपासमा राजा भान शाहले आफ्नी जेठी महारानीले आफ्नो माइत कुमाउ गढवालबाट राजाको तालमा होरी देउडा साथ खेलाउने जिताउरे दमाइँ र होरीका गीतको उही झिकाई आफ्नो शीतकालीन दरबार कालीमाटीगढी नजिकै रहेको प्रख्यात वैद्यनाथ मन्दिरको पूजाअर्चना गरी त्यही होरी खेल खेलाउने अभ्यास गराएका थिए । 

यसरी प्रारम्भ गरिएको होरी खेल हेर्न छरछिमेकका महिला पुरुष भेला भएर हेर्ने गर्थे, भने पुरुष खेलमा सहभागी भई अभ्यास गर्थे । यसप्रकार होरी खेल लोकप्रिय हुँदै वैधनाथको मन्दिर र महाराज भान शाहको दरबारको पट्कानीबाट शुरु भई गाउँ गाउँका पट्कानीमा पुगी अछामी संस्कृतिको अभिन्न अंग हुन गएको जानकार बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो