2026-09-19 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सामुदायिक भवन निर्माणका लागि निःशुल्क जग्गा

फागुन १९, बाबियाचौर, म्याग्दी (रासस) | म्याग्दीको धौलागिरि गाउँपालिका– ३ घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि दुई व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । 

स्थानीयवासी दलबहादुर भण्डारी र भिमात्ती भण्डारीले रु दुई लाख ७५ हजार मूल्य बराबरको एक रोपनी छ आना जग्गा शुक्रबार वडा कार्यालयलाई दिनुभयो । दलबहादुरले रु ६५ हजार बराबरको छ आना र भिमात्तीले रु दुई लाख १० हजार. बराबरको एक रोपनी चार आना जग्गा वडा कार्यालयको नाममा रजिष्टे«शन पास गरेको भवन निर्माण समितिका अध्यक्ष ओमप्रसाद भण्डारीले बताउनुभयो । 

गाउँपालिकाको केन्द्र कायम भएको घट्टेखोलामा सामुदायिक भवन निर्माणका लागि गाउँसभाले चालु आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सो बजेटमार्फत निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गा भण्डारीद्वयले वडालाई उपलब्ध गराउनुभएको हो । तीन सय जना क्षमताको सामुदायिक भवन निर्माण भएपछि सार्वजनिक कार्यक्रम, सभा, समारोह, प्रशिक्षण, तालीम, सांस्कृतिक कार्यक्रम गर्न सहज हुने वडाध्यक्ष पुर्म पुनले बताउनुभयो । 

अक्षयकोषमा रु साढे तीन लाख 

जटिल रोगबाट थलिएका विपन्न म्याग्देलीको उपचारका लागि सहयोग गर्न स्थापित अक्षय कोषमा जापानबाट रु साढे तीन लाख सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको नागोया क्षेत्रीय समितिले शुक्रबार आयोजना गरेको कार्यक्रममा सहभागीले ओमकुमारी शान्ति कोषले रु डेढ करोडको अक्षय कोष स्थापनाका लागि सञ्चालन गरेको अभियानमा उक्त रकम सहयोग गरेका हुन् । 

रु तीन लाख ५० हजार सहयोग गर्ने मोना नागोया क्षेत्रीय समितिलाई संस्थाको संस्थागत संरक्षक प्रदान गरिने संस्थाका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । मोना जापानका वरिष्ठ उपाध्यक्ष तथा एनआरएन जापान नागोया क्षेत्रीय संयोजक दीपक कार्कीले रु एक लाख ११ हजार १११ सहयोग गर्नुभएको छ । 

हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएकी बेनपा– ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा स्थापित कोषले जटिल रोगबाट बिरामी भएका म्याग्दीका गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले रु एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ । 

विसं २०७२ मा स्थापित कोषले हालसम्म ५४ जनालाई रु ८० लाखभन्दा बढी उपचारका लागि सहयोग गरेको छ भने अक्षयकोषमा रु ६० लाखभन्दा बढी सहयोगको घोषणा भएको छ । अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले यसअघि कतार र बहराइनमा समेत कार्यक्रम गरिएको थियो । मिर्गाैला, मुटु, अर्बुद, रक्तअर्बुदलगायत जटिल रोगबाट प्रभावित भएका बिरामीलाई कोषले उपचारका लागि सहयोग गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई