2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

युवाको प्रयासले नशामुक्त गाउँ बन्यो कञ्चनपुरको सुन्दरपुर

फागुन १९, कञ्चनपुर | कञ्चनपुरको बेदकोट नगरपालिका – ९ मा रहेको सुन्दरपुरले नशामुक्त गाउँका रुपमा परिचय बनाएको छ । 

दुई महिनाअघिदेखि युवाकै पहलमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा अनुगमन समिति गठन गरेर अभियान सञ्चालन गरेपछि गाउँ नशामुक्त भएको हो । 

गाउँको चौतारा, पुल, विद्यालयको परिसरमै दुव्र्यसनमा संलग्न युवाको जमात राति अबेरसम्म बस्दा बाटो हिँडनेले सास्ती खेप्नुपर्ने अवस्था थियो समितिका संयोजक जनकबहादुर विष्टले भन्नुभयो,“असुरक्षाका कारण धैरेले गाउँको बाटो रातिका बेला हिँड्नै छाडेका थिए ।” 

बाटो हिँडने युवतीलाई अभिभावककै अघि जिस्क्याउने, निहुँ खोजेर झगडा गर्नु त दुव्र्यसनमा फसेका युवाको दैनिकीनै बनेको थियो । 

बारम्बार झै झगडा गर्नु र पसलमा चोरी हुनुले स्थानीय बासिन्दाले निकै सास्ती खेप्नुपरेको थियो स्थानीयवासी भोजराज पन्तले भन्नुभयो, “दुव्र्यसनमा फसेका युवालाई सतमार्गमा डो¥याउनका लागि निकै चुनौती थिए । जनप्रतिनिधिकै उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरी सुधार गर्ने निधो गरियो ।” “सुधारका लागि निर्णय गरिए । निर्णय पालनाका लागि सबैका लागि कार्यसूची तयार गरी कार्यान्वयनमा ल्याइएपछि गाउँलाई नशामुक्त बनाउन सकियो” उहाँले भन्नुभयो । 

लागुऔषधको कुलतमा फसेका युवालाई सचेत गराउन विद्यालयमै प्रार्थना अघि पाँच मिनेट लागुऔषधले पु¥याउने हानीबारे जानकारी गराउने, गाउँका पसलमा गाँजा, चरेसलगायतका लागुऔषध बिक्री भए नभएकोबारे चियो चर्चो गर्न प्रहरीले निगरानी राख्ने र लागुऔषध पसलमा बिक्री भए नभएको बारे गोप्य सूचना दिनेलाई पुरस्कृत गर्ने कार्य गरिएपछि गाउँका युवालाई सुधार गर्न सहज भयो । 

जुनसुकै बेला पनि गाउँमा मदिरा बिक्री गरिँदासमेत समस्या थियो जनचेतना महिला समाज सुधार संस्थाका अध्यक्ष देवकी जोशीले भन्नुभयो, “मदिरा बिक्रीको इजाजत लिएका पसल सञ्चालकलाई मदिरा बिक्री गर्न बेलुकी ५ बजेदेखि साँझ ८ बजेसम्म समय निर्धारण गरिएपछि गाउँमा विगतको जस्तो झै–झगडा र अशान्ति छैन ।” 

अहिले बाटोमा हिँडने युवतीलाई युवाहरुले जिस्क्याउदैनन् । चोरीका घटनामा समेत निकै कमी आएको छ, झै–झगडा हुदैन । मनमुटाव भए गाउँकै अगुवाहरुले बसेर छलफल गरी निष्कर्षमा पु¥याइ मेलमिलाप गराउने हँुदा गाउँलेले नयाँ परिवर्तन आत्मसात गरेको लोकराज बोहराले बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ