२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

युवाको प्रयासले नशामुक्त गाउँ बन्यो कञ्चनपुरको सुन्दरपुर

१९ फाल्गुन २०७४, शनिबार ०९:३५

फागुन १९, कञ्चनपुर | कञ्चनपुरको बेदकोट नगरपालिका – ९ मा रहेको सुन्दरपुरले नशामुक्त गाउँका रुपमा परिचय बनाएको छ । 

दुई महिनाअघिदेखि युवाकै पहलमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा अनुगमन समिति गठन गरेर अभियान सञ्चालन गरेपछि गाउँ नशामुक्त भएको हो । 

गाउँको चौतारा, पुल, विद्यालयको परिसरमै दुव्र्यसनमा संलग्न युवाको जमात राति अबेरसम्म बस्दा बाटो हिँडनेले सास्ती खेप्नुपर्ने अवस्था थियो समितिका संयोजक जनकबहादुर विष्टले भन्नुभयो,“असुरक्षाका कारण धैरेले गाउँको बाटो रातिका बेला हिँड्नै छाडेका थिए ।” 

बाटो हिँडने युवतीलाई अभिभावककै अघि जिस्क्याउने, निहुँ खोजेर झगडा गर्नु त दुव्र्यसनमा फसेका युवाको दैनिकीनै बनेको थियो । 

बारम्बार झै झगडा गर्नु र पसलमा चोरी हुनुले स्थानीय बासिन्दाले निकै सास्ती खेप्नुपरेको थियो स्थानीयवासी भोजराज पन्तले भन्नुभयो, “दुव्र्यसनमा फसेका युवालाई सतमार्गमा डो¥याउनका लागि निकै चुनौती थिए । जनप्रतिनिधिकै उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरी सुधार गर्ने निधो गरियो ।” “सुधारका लागि निर्णय गरिए । निर्णय पालनाका लागि सबैका लागि कार्यसूची तयार गरी कार्यान्वयनमा ल्याइएपछि गाउँलाई नशामुक्त बनाउन सकियो” उहाँले भन्नुभयो । 

लागुऔषधको कुलतमा फसेका युवालाई सचेत गराउन विद्यालयमै प्रार्थना अघि पाँच मिनेट लागुऔषधले पु¥याउने हानीबारे जानकारी गराउने, गाउँका पसलमा गाँजा, चरेसलगायतका लागुऔषध बिक्री भए नभएकोबारे चियो चर्चो गर्न प्रहरीले निगरानी राख्ने र लागुऔषध पसलमा बिक्री भए नभएको बारे गोप्य सूचना दिनेलाई पुरस्कृत गर्ने कार्य गरिएपछि गाउँका युवालाई सुधार गर्न सहज भयो । 

जुनसुकै बेला पनि गाउँमा मदिरा बिक्री गरिँदासमेत समस्या थियो जनचेतना महिला समाज सुधार संस्थाका अध्यक्ष देवकी जोशीले भन्नुभयो, “मदिरा बिक्रीको इजाजत लिएका पसल सञ्चालकलाई मदिरा बिक्री गर्न बेलुकी ५ बजेदेखि साँझ ८ बजेसम्म समय निर्धारण गरिएपछि गाउँमा विगतको जस्तो झै–झगडा र अशान्ति छैन ।” 

अहिले बाटोमा हिँडने युवतीलाई युवाहरुले जिस्क्याउदैनन् । चोरीका घटनामा समेत निकै कमी आएको छ, झै–झगडा हुदैन । मनमुटाव भए गाउँकै अगुवाहरुले बसेर छलफल गरी निष्कर्षमा पु¥याइ मेलमिलाप गराउने हँुदा गाउँलेले नयाँ परिवर्तन आत्मसात गरेको लोकराज बोहराले बताउनुभयो। रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की